चीन र पाकिस्तान झस्किए ,नेपालसहित सात देशका सेना भारतमा सैन्य अभ्यास गर्दै

काठमाडौं भदाै १४।बिम्स्टेकको चौथो शिखर सम्मेलन लगत्तै हुने उक्त अभ्यास आतंकवाद नियन्त्रण र विपद् व्यवस्थापनमा केन्द्रित हुने जनाइएको छ । अभ्यासमा चीन र पाकिस्तान भने सहभागी हुने छैनन् । भारतले विम्स्टेकलाई सार्कको विकल्पको रुपमा अघि बढाउन खोजेको जानकारहरुको दाबी छ । उसले बिम्स्टेक र विविआईएनको नेतृत्व आफुले लिएर क्षेत्रीय शक्तिका रुपमा चिनाउन खोजेको कतिपयले आरोप लगाउने समेत गर्छन् ।

 

सात देशका सेनाले भारतमा संयुक्त सैन्य अभ्यास गर्ने भएका छन् । दक्षिण र दक्षिणपूर्वी एसियाली मुलुकहरू सदस्य रहेको संगठन बिम्स्टेकमा आबद्ध मुलुकहरूले पहिलो पटक भारतमा सैन्य अभ्यास गर्ने भएका हुन । सम्मेलन यही भदौ २५ देखि ३१ गतेसम्म भारतको महाराष्ट्रस्थित पूणेमा हुनेछ । अभ्यासमा नेपालसहित भारत, भूटान, बांग्लादेश, श्रीलंका, थाइल्यान्ड र म्यान्मारको सहभागिता रहनेछ ।

 

विभिन्न मुलुककको बीचमा बेलाबखत द्धिपक्षिय सैन्य अभ्यास हुने गरे पनि भारतमा बहुपक्षिय सैन्य अभ्यास हुन लागेको भने यो पहिलो पटक हो । अझ दक्षिण एसियाली क्षेत्रमा कुनै पनि एउटा क्षेत्रीय संगठनको छातामा हुन लागेको यो पहिलो संयुक्त सैन्य अभ्यास हो । सुरक्षा मामिलाकी जानकार इन्द्र अधिकारीले यस्तो अभ्यासमा सहभागीता जनाउदा दुई देशबीचको द्न्द्ध र आतंकबादको मूल्यमा च्यापिने सम्भावना रहने दाबी गरेका छन् ।

 

पाकिस्तानसमेत सदस्य रहेको सार्कको विकल्पको रूपमा भारतले बिम्स्टेकलाई अघि सार्न खोजेको विश्लेषण भइरहेको बेला यस क्षेत्रमा चीन र पाकिस्तानलाई शक्ति देखाउने र एक्ल्याउने रणनीतिका साथ हुन लागेको अभ्यास नेपालजस्ता मुलुकको लागी कूटनीतिका हिसाबले जोखिमपूर्ण बन्नसक्ने विश्लेषण समेत हुन थालेको छ । यसअघि नेपाली सेनाले भारत,अमेरिका र चीनसंग सैन्य अभ्यास गर्दै आएको थियो ।

 

अभ्यासको तयारीबारे भारतीय सेनाको दक्षिण क्षेत्रीय कमाण्डको मुख्यालयमा दुई दिने सेमिनार सम्पन्न भइसकेको छ । छलफलमा भारतिय सेनाका उपरथी जनरल भीके सिंहका साथै बिम्स्टेक सदस्य मुलुकका भारतस्थित दूतावासमा कार्यरत सैन्य सहचारीहरूको सहभागीता रहेको थियो । बैठकमा दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत सैनिक सहचारी सहायकरती ईश्वरकान्त मैनालीको समेत सहभागीता रहेको थियो । अभ्यासमा नेपाली सेनाका पांच अधिकृतसहित २५ जनाको सहभागीता रहनेछ । सैनिक प्रवक्ता गोकुल भण्डारीले त्यसको पुष्टि गरेका छन् ।