नेपालीलाई साँस्कृतिक पर्वहरुले एकताबद्ध गराउने काम गरेको बताएका छन् : प्रधानमन्त्री

काठमाडाै भदाै १८।  प्रधानमन्त्री ओलीले गौरा पर्व नेपालको एक विशिष्ट पहिचान झल्काउने पर्व भएको बताए छन् । विशेष गरी कर्णाली र ७ नं प्रदेशमा मनाइने यस पर्वले नेपालको साँस्कृतिक एकतालाई थप मजवुद बनाएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

 

प्रधानमन्त्री ओलीले नेपालको जातिय र साँस्कृतिक विविधतालाई आपसी द्वन्द्वमा रुपान्तरण गर्ने दुष्प्रयासलाई नेपालीले सधैं परास्त गरेको स्मरण गरे ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका विभिन्न साँस्कृतिक पर्वहरुले नेपालीलाई एकतावद्ध गराउने काम गरेको बताएका छन् ।गौरापर्वको अवसरमा आज एक शुभकामना सन्देश दिँंदै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

 

प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा भने ‘नेपालका विभिन्न भाषा, संस्कृति, भेषभुषा रितिरिवाज र संस्कारले विविधता बीच नै एकता, आपसी सम्बन्ध र सामाजिक सद्भावको सम्मिलन गराएका छन् ।