श्रीमतीको हत्या गरेर प्रहरीमा आत्मसमर्पण
प्रकासित मिति : २५ भाद्र २०७५, सोमबार
प्रकासित समय : १३:५९
काठमाडाै भदाै २५। कागेश्वरी मनहरा नगरपालिका–६ मुलपानी तिवारी टोल डेरा गरी बस्ने मकवानपुर बाग्मती नगरपालिका–७ घर भएका ३५ वर्षीय रमेश भन्ने मानबहादुर घिसिङले कोदालोले हानेर श्रीमतीको हत्या गरेका हुन् ।
हत्यापछि आइतबार राती महानगरीय प्रहरी वृत्त बौद्धमा आत्मसमर्पण गरेका छन् ।विवाद बढेपछि ३२ वर्षीया श्रीमती ममता लामालाई उनले कोदालोले टाउकोमा हानेका थिए । राती ११ बजे उनी बौद्ध वृत्तमा आफूले श्रीमती मारेको भन्दै आत्मसमर्पण गरेको डिएसपी श्यामकुमार राईले बताए ।कर्तव्य ज्यान मुद्दामा प्रहरीले उनलाई कारबाही अघि बढाएको छ।