नदीमा बगेर एक बालकको मृत्यु

बैतडी, भदौ २७ । चमेलिया नदीमा नुहाउने क्रममा बगेर आज एक बालकको मृत्यु भएको छ ।

 

मृत्यु हुने मार्मा गाउँपालिका ४ मर्मटीका ६ बर्षीय कविराज विष्ट रहेका छन्। आज दिउँसो मर्मटी भन्नेस्थानमा चमेलिया नदीमा नुहाउन गएका बालकको बगेर बेपत्ता भएका थिए ।

 

बेपत्ता बालक बेलुका ६ बजे मार्मा गाउँपालिकाको मर्मटीस्थित चमेलिया नदी किनारमा मृत अवस्थामा भेट्टिएका स्थानीय दिनेस सिंह जानकारी दिए ।

 

प्रहरीको टोली अहिले घटनास्थलतर्फ गएको ईलाका प्रहरी कार्यालय गोकुलेश्वरका ईञ्चार्ज , प्रहरी निरीक्षक दीर्घ बोगटीले जानकारी दिए । मृतक बालक हटिनाथ आधारभुत विद्यालयमा कक्षा १ मा अध्ययनरत रहेका थिए ।