प्रदेश १ मा ८ महिनाको अवधिमा बलात्कारका १०१ घटना

काठमाडौं असाेज ४। प्रदेश १ अन्तर्गतका १४ जिल्लामा ८ महिनाको अवधिमा बलात्कारका १०१ घटना भएका छन् । गत जनवरीदेखि अगस्टसम्मको प्रहरी तथ्यांकमा बलात्कारका १०१ घटना भएको उल्लेख छ ।

यसअवधिमा दुई नवजात शिुसहित ६ बालिकाको हत्या भएको छ । त्यसैगरी १८ किशोरी तथा बालिकालाई बलात्कार प्रयास भएको, सात जनामाथि यौन दुर्व्यवहार भएको जनाइएको छ ।

सन् २०१८ को विगत ८ महिनामा प्रदेश १ मा बलात्कार र यौन दुर्व्यवहारका घटना बढ्दै गएको पाइएको अनौपचारिक क्षेत्र सेवा केन्द्र प्रदेश १ का संयोजक सोमबार थापाले बताए ।आजको राजधानी दैनिकबाट ।