काठमाडौं भित्रिन लागेका मरेका खसी नियन्त्रणमा

काठमाडाै।  दसैं नजिकिदै गर्दा दाङबाट काठमाडौं भित्रिन लागेका बसको डिक्कीमा ३ वटा मरेका खसी भेटिएका छन् ।

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले काठमाडौं भित्रिने नागढुंगा नाकामा चेकजाच गर्ने क्रममा ना ४ ख ६७७४ नम्बरको यात्रुवाहक बसको डिक्कीमा राखेर ल्याउँदै गरेका ३ वटा मरेका खसी भेटेको हो ।

 

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाका प्रहरी निरिक्षक केशवराज भट्टले चाडपर्वकाे माेका छाेपी मरेका पशुपन्छी भित्राउन नदिन प्रहरी विशेष निगरानी वढाउने वताए ।

 

निरिक्षक भट्टका अनुसार सार्वजनिक बसको डिक्कीमा राखेर खसी बोका तथा चौपाया ढुवानी गर्नु कानुनविपरीत भएकाले त्यस्ताे पाए साे त कारभाही गरिने वताए ।

 

उनले पशु ढुवानी मापदण्डविपरित ती चालक र सहचालकले पशु ढुवानी गरेको र त्यसमा पनि मरेका भेटिएकाले ती दुवै जनालाई पशु नियमावली अनुसार कारबाही गरिने बताए ।