दशैंमा कर्मचारीको रित्तो हात , ऋण खोजेर घर फर्किए


काठमाडौं असाेज ३०। जिल्ला वन कार्यालय दोलखाका रेञ्जर कपिल रावल दशैँ मान्न्का लागि घर जान खर्च मागेर फर्किए। अछाम घर भएका रावलले सरकारी जागिर खाए पनि पहिलो पटक घर फर्कनका लागि ऋण खोजेर गाडी भाडा तिरेर घर फर्किएका हुन्।

 

इलाम घर भएका पशु अस्पतालमा काम गर्ने झलनाथ कोइरालाको अवस्था पनि उस्तै भयो। सरकारी जागिर खाएको पाँच वर्ष अवधिमा पहिलोपटक आर्थिक वर्ष सुरु भएदेखि नै तलब नपाएपछि रित्तो हात लिएर दशैं मनाउन घर फर्किए।

 

यी माथिका प्रतिनिध पात्र मात्र हुन्। तीन तहको सरकारमध्ये यस वर्ष प्रदेश तीनका कर्मचारीले दशै मनाउन रिक्तो हात घर फर्केको छ।प्रदेश सरकार मातहतका डिभिजन वन, खानेपानी, कृषि, भूसंरक्षण, पशु सेवा, सिँचाइ, जिल्ला प्राविधिक कार्यालय, जल उत्पन्न कार्यालयका दोलखामा मात्र २ सय ५० कर्मचारीहरु तलब र दशैं खर्चबिनै, दशैं मनाउन बाध्य भएका हुन्। आजको कारोबार दैनिकमा छ ।