पूर्वराजा ज्ञानेन्द्रले शुभकामना मार्फत ओली सरकारको अत्याधिक कर बृद्धीको बिरोधमा शुभकामनाको शैलीमा यसरी गरे आलोचना

काठमाडाै।  सरकारमाथि चौतर्फी प्रहार भइरहेको समयमा पूर्व राजा ज्ञानेन्द्र शाहले समेत दशैंको अवसरमा शुभकामना सन्देशमार्फत जनतामाथि कर थोपरेको भन्दै आलोचना गरेका छन् । यस वर्षको बडा दशैंको अवसरमा पूर्व राजा ज्ञानेन्द्र शाह एक शुभकामना सन्देश जारी गर्दै अहिलको परिस्थितिमा देश कसरी बचाउने भन्ने कुरा समग्र नेपालीको साझा चिन्ता हुनुपर्ने बतएका छन् । उनले राजनीतिक पार्टीका नेताहरुलाई आत्मसमीक्षा गर्न आग्रह गर्दै जारी शुभकामना सन्देशमा देश बचाउने अहिलेको मुख्य आवश्यकता भएको समेत उल्लेख गरेका छन् ।

 

पूर्व राजा शाहले शुभकामना सन्देशमा भनेका छन्, ‘देश बन्ने, बनाउने सपना देखेका हामी नेपाली, राजनीतिक परिवर्तनको नाममा समेटिएका असामायीक तथा असान्दर्भिक कार्य सूचिहरुका कारण देश कसरी बचाउने भन्ने चिन्ता जनक अवस्थामा आइपुगेका छौँ ।’

 

‘आफैलाई साक्षी राखेर देश र देशबासीका नाममा केही गर्ने पर्यत्न गरौं’, ज्ञानेन्द्र शाहले बक्तव्यमा भनेका छन् । सन्देशमा उनले कुनै नेता या दल विशेषलाई किटान नगरे पनि अहिलेका राज्य सञ्चालकहरु तथा परिवर्तनकारी शक्तिहरुले आफूसँग भएको सहमतिको सम्मान नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।