आठ महिने शिशुको बलात्कारपछि हत्या गर्ने मुख्य अभियुक्त भरत साह दुई महिनापछि पक्राउ


जनकपुर कार्तिक ४। आठ महिने शिुशको अपहरण र बलात्कारपछि हत्या गरेर फरार रहेका मुख्य अभियुक्त पक्राउ परेका छन् । आठ महिने शिशु सोनाली चौधरीको बलात्कार पछि हत्या भएको २ महिना पछि महोत्तरीको भंगहा नगरपालिका–१ हत्तिसर्वा बस्ने २५ वर्षीय भरत साहलाई प्रहरीले पक्राउ गरेको हो ।

 

अभियुक्त साह प्रदेश नम्बर १ स्थित मोरङको भण्टाबारीबाट पक्राउ परेको प्रहरीले जनाएको छ । यसअघि उनी भागेर भारत छिरेको आशंका गरिएको थियो । ,भारतीय प्रहरीको समेत समन्वयमा शाहको खोजी बढाइएको थियो ।

 

महोत्तरीको भंगहा प्रहरी चौकीमा केहि महिना अघि इन्चार्जको रुपमा कार्यरत्त रहेका प्रहरी सहायक निरीक्षक अवधलाल साह हाल भण्टावारी स्थित प्रहरी चौकीमा कार्यरत रहेको र उनकै टोलीले भरत साहलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।

 

स्थानीय व्यवसायी सन्तोष चौधरीकी छोरी सोनाली गत भदौ ९ गते सांझ आमाकै काखबाट खेल्दै गरेको बेला भरत साहले खेलाउन मागेर लगि बलात्कारपछि हत्या गरेर आप बगैचामा फालेका थिए । उनले शिशुलाई मागेर लगेको फुटेज व्यवसायी चौधरीको पसलमा जडान गरिएको सीसीटीभी क्यामेरामा कैद भएको थियो । त्यहि फुटेजको आधारबाट हत्यारा साह नै रहेको पहिचान भएको थियो । तर घटना अभियुक्त साह लुकिछिपी भाग्दै आएका थिए ।

 

महोत्तरीका प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले सुनसरी प्रहरीसंगको समन्वयमा शाहलाई महोत्तरी ल्याउने प्रयास भईरहेको बताएका छन् । शरीरका विभिन्न अंगमा चोट देखिएकाले शिशुमाथि दुश्कर्म समेत भएको पोस्टमार्टम रिपोर्टबाट खुलेको थियो ।