सुर्यविनायककाे पुजाबाट बालबालिकाकाे भाग्य निमार्ण सद्बुद्धि हुने

 


सूर्यविनायकको पूजावाट भाग्य निर्माण हुने र सद्बुद्धि आउने आम धारणा रहेको छ। बोली नफुटेको तथा अस्पष्टता भएका बालबालिका सूर्य विनायकामा लगेर छोडिदिनाले अतालिँदै चिच्याउन थाल्ने र त्यहि चिच्याई पछि बोलीमा परिणत हुने जनविश्वास रहि आएको छ ।

 

यसका साथै हिड्न नजानेका बालबालिकालाई यहाँ ल्याएर छोडिदिनाले हिड्न थाल्छन् भन्ने गहिरो जन विश्वास रहि आएको छ । गणेशको दर्शन गर्लामा मनमा आनन्द आउनुका साथै मनले चिताएको पुग्ने बताइन्छ भने कसैकसैले यहाँ दर्शन गर्नाले पुत्रलाभ हुने पनि बताएका छन् ।

 

सुर्य विनायकको उत्पत्तिको बारेमा विभिन्न किम्वदन्तीहरू पाइन्छन् । एक किम्वदन्तीअनुसार परापूर्वकालमा एक ब्राहृमण पशुपतिनाथका परम भक्त थिए ।

उनी लामो बाटो हिँडेरै पनि दिनहुँ पशुपतिनाथको दर्शन गर्न पुग्थे । यसै क्रममा एकदिन उनको छोरोको मृत्यु भएछ । मरेको छोरालाई ब्युँझाउन उनी पशुपतिनाथकै शरणमा पुगे । पशुपतिनाथले यहाँबाट हिँड्दै जाँदा भोलि सूर्यको पहिलो किरण जहाँ पर्छ, त्यहीँ मेरो पुत्र गणेशले दर्शन देलान् उहीँ वर माग्नु भने ।

 

हिँड्दै जाँदा यही ९हाल सूर्य्विनायक रहेको० स्थानमा आई पुगेर बास बसे । भोलिपल्ट बिहान सूर्य पहिलो किरण परेको स्थानमा गणेश उत्पत्ति भई ब्राहृमणको छोरो बचाइदिए । सूर्यको किरणसँगै उत्पत्ति भएको हुनाले सुर्यविनायक नाम रहेको मन्दिरका पुजारी बताउँछन् ।

 

पछि ब्राहृमण वृद्ध भएकोले आफ्नो दर्शन गर्न आउन गाह्रो होला भनेर सुर्यविनायककै परिसरमा उत्पत्ति भएको कथन रहेको पाइन्छ ।