मदिराको झोकमा आफ्नै श्रीमतीको हत्या

दुल्लु, कात्तिक ५ । मदिराको झोकमा आफ्नै श्रीमतीको हत्या गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दैलेख नौमूले गाउँपालिका– ४ का ५१ बर्षीया शेर बहादुर पुन रहेको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक ठाकुर प्रसाद पोखरेलका अनुसार कात्तिक २ गते राती शेर बहादुर पुनले आफ्नै श्रीमती ५३ बर्र्षिया शान्ति पुनको हत्या गरेका हुन् ।

 

दशैको टिकाको दिन विहानै देखि श्रीमान् श्रीमती दुवैले मदिरा सेवन गरेको र छिमेकीको घरमा गएर मदिरा सेवन गरी साँझ घर फर्कने क्रममा बाटोमै दुबैजना बीच झगडा भएको र त्यहीक्रममा ढुंगाले हानेर श्रीमतीको हत्या गरेको पुनले स्वीकार गरेको प्रहरी नायव उपरक्षीक पोखरेलले बताउनुभयो ।

 

उहाँका अनुसार छमेकीको घरमा श्रीमान श्रीमती र छोरा संगै गएको र साँझ परेपछि छोरालाई छिमेकीको घरमा सुताएर आफुहरु घर फिर्ता हुने क्रममा झगडा भएको पक्राउ परेका पुनले बताउनुभएको छ । उनलाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान शुरु गरेको प्रहरी नायव उपरीक्षक पोखरेलले जानकारी दिनुभयो । रासस