करदाता शिक्षा कार्यक्रम भीमदत्त नगरपालिकामा सरु

कञ्चनपुर, कात्तिक ७ । कञ्चनपुरको भीमदत्त नगरपालिकामा हाम्रो नगर, हाम्रै कर, समृद्ध बनाउने हाम्रै रहर भन्नृे नारा सहित करदाता शिक्षा कार्यक्रम सुरु गरिएको छ । नगर वासिन्दालाई कर सम्बन्धी सचेतना जगाउन भीमदत्त नगरपालिका वडा नं। १९ बाट कार्यक्रम सुरु गरिएको हो ।

 

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले बागफाँटास्थित पञ्चकृत माध्यमिक विद्यालयमा आयोजना गरिएको कार्यक्रममा करदाता शिक्षा कार्यक्रमको औपचारिक रुपमा उद्घाटन गरे ।

 

सो अवसरमा नगर प्रमुख विष्टले नगर वासिन्दालाई कर सम्बन्धी सचेतना जगाउन करदाता शिक्षा कार्यक्रम सुरु गरिएको जानकारी दिए ।
‘मुलुक नयाँ संरचनामा गएको छ, त्यस अनुसार नगरपालिकालाई नयाँ व्यवस्था अनुसार आर्थिक ढाँचामा कसरी लैजान सकिन्छ भनेर छलफलमा छौ’ नगर प्रमुख विष्टले भने, ‘नगर विकासका लागि नगर वासिन्दाबाट कर लिन्छौ, त्यसको सदुपयोग गर्छौ, तपाई हामीले तिरेको कर बढेर आउँछ ।’

 

स्थानीय तहले पाएको अधिकारका आधारमा भीमदत्त नगरपालिकामा कर निर्धारण, कर योग्य वस्तु तथा सेवाको पहिचान र करका दायरामा विस्तार लगायतका कार्य समेत करदाता शिक्षा कार्यक्रमबाट सहज हुने विश्वास लिइएको नगर प्रमुख विष्टले बताए ।

 

‘हिजो स्थानीय स्वायत्त शासन ऐन अनुसार कर संकलन गरियो, हिजोसम्म केन्द्रले लिने कर अहिलेको व्यवस्थाले स्थानीय सरकारलाई कर संकलनको अधिकार दिएको छ, प्रदेश र संघीय सरकारले लिन करका विषयमा पनि तोकिएका छन्’ उनले भने,‘त्यस कारण केही अस्पष्टता छन, त्यस्ता अस्पष्टता हटाउन समेत कार्यक्रमबाट फाइदा पुग्छ ।’

 

संघीय शासन व्यवस्था अनुसार तीन तहका साझा अधिकारका विषयमा प्रदेश सरकारले कानुन नबनाउँदा स्थानीय तहलाई कर संकलन गर्न अन्यौलता देखिएको नगर प्रमुख विष्टले बताए । भीमदत्त नगरपालिकाले कर वृद्धि नभएर करको दायरा बढाएर राजश्व संकलनको लक्ष्य पूरा गर्ने नगर प्रमुख विष्टले बताए ।

 

‘कर वृद्धिको हल्ला फैलाइएको छ, भीनपा कर वृद्धि होइन, दायरा बढाएर जानु पर्नेमा स्पष्ट छ’ उनले भने,‘दोहोरो करमा विश्वास गर्दैनौ, त्यस्तो गर्र्दैनौ ।’ नगर प्रमुख विष्टले भीमदत्त नगरपालिकामा प्रगतिशिल कर लगाइने बताए । ‘सम्पत्ति बढी र कमका आधारमा कर तिर्ने हो, कम हुनेले कम र बढी हुनेले बढी कर तिर्नु न्यायोचित हुन्छ’ उनले भने,‘त्यसैले प्रगतिशिल कर लगाउन चाहन्छौ, त्यसबारेमा विज्ञसित छलफल गरी अघि जान चाहन्छौ ।’

 

भीनपाले चालु आर्थिक वर्षमा १२ करोड २७ लाख आन्तरिक राजश्व संकलन गर्ने लक्ष्य राखेको छ । गत वर्ष ५ करोड आन्तरिक राजश्व संकलन गरिएको थियो । भीनपामा चालु आर्थिक वर्षका लागि १ अर्ब १० करोड बजेट विनियोजन गरिएको छ । नगर प्रमुख विष्टले कर संकलनलाई प्रविधिमैत्री, चुस्त र दुरुस्त बनाउन आन्तरिक सुधार र व्यवस्थापन गरिने बताए ।

 

भीनपाले चालु आर्थिक वर्षमा १२ करोड २७ लाख आन्तरिक राजश्व संकलन गर्ने लक्ष्य राखेको छ । गत वर्ष ५ करोड आन्तरिक राजश्व संकलन गरिएको थियो । भीनपामा चालु आर्थिक वर्षका लागि १ अर्ब १० करोड बजेट विनियोजन गरिएको छ । नगर प्रमुख विष्टले कर संकलनलाई प्रविधिमैत्री, चुस्त र दुरुस्त बनाउन आन्तरिक सुधार र व्यवस्थापन गरिने बताए ।

 

‘करदाताले हाँसीहाँसी कर तिर्ने वातावरण बनाउँछौ, त्यसका आधारमा आन्तरिक प्रशासन सुधार र प्रविधिमैत्री कर संकलन प्रणाली अपनाउँछौ’ नगर प्रमुख विष्टले भने । एकीकृत सम्पत्ति करलाई वैज्ञानिक बनाउन वडाहरुमा टोल स्तरीय भेला गरी निर्धारण गरिने उनले बताए ।

 

‘अहिले यति लाखदेखि यति लाखसम्म भन्ने छ, सम्पत्तिका आधारमा कर तिर्नु पर्छ, त्यसका लागि सम्पत्ति मूल्य निर्धारण गर्न टोलमा भेला गरी निर्धारण गर्छौ ’ उनले भने ।

 

सामाजिक सञ्जाल फेसबुकबाट कर सम्बन्धी अनावश्यक हल्ला फैलाएकाले त्यसका पछि नलाग्न नगर प्रमुख विष्टले सबैले आव्हान गरे ।
कार्यक्रममा नगर प्रमुख राजश्व परामर्श समितिका संयोजक सुशिला चन्दले नगरपालिकाका सबै वडामा करदाता शिक्षा कार्यक्रम अन्र्तगत अभिमुखीकरण कार्यक्रम गरिने जानकारी दिइन् । ‘यो कार्यक्रम सबै वडामा हुन्छ, यसले नागरिकमा कर सचेतना हुन्छ’ उनले भनिन् ।