एसपी विष्टको स्पष्टीकरण गृह मन्त्रालय पुग्यो निर्मला हत्या प्रकरणमा मैले लापरवाही गरेकै छैन

काठमाडौं कार्तिक ७। कञ्चनपुरकी १३ वर्षीय नाबालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा छानबिनमा लापरवाही गरेको अभियोगमा निलम्बनमा परेका कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख प्रहरी उपरीक्षक ,एसपी, डिल्लीराज विष्टले आज बुधबार स्पष्टीकरण बुझाएका छन् ।

 

विष्टले प्रहरी प्रधान कार्यालयमा बुझाएको स्पष्टीकरण आजै गृह मन्त्रालयमा पठाइएको प्रहरीले जनाएको छ । गृहले स्पष्टीकरण लिएर मन्त्रालयमा पेस गर्न प्रहरी प्रधान कार्यालयलाई आदेश दिएको थियो। प्रहरी प्रधान कार्यालयले प्रहरी निरीक्षक भट्टलाई सोमबार स्पष्टीकरणको पत्र थमाएको थियो। एसपी विष्टले आफू अन्य काममा व्यस्त भएको बताउंदै हिजो ९मंगलबार० मात्रै पत्र बुझेका थिए।

 

छानबिन समितिको प्रतिवेदनले पन्तको बलात्कारपछि हत्या भएको घटनाको छानविनमा लापरवाही भएको भनेपछि गृहले किन लापविाही भएको भन्दै एसपी विष्ट र इन्स्पेक्टर जगदिश भट्टलाई स्पष्टीकरण सोधेको थियो । गत साउन १० गते साथीको घरबाट स्कुलको गृहकार्य सकेर घर जाँदै गरेकी १३ वर्षीया निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा साउन ११ गते बिहान उखुबारीमा शव भेटिएको थियो।