चाडपर्वमा बढी भाडा असुल्ने सवारी साधनलाई ट्राफिक प्रहरीले एक हजार ५०० जरिवाना


दमौली कार्तिक ७। चाडपर्वको मौका छोपी बढी भाडा असुल्ने सवारी साधनलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जरिवाना गरेको छ । पोखराबाट काठमाडौँ जाँदै गरेको ना४ख ९५१३ नंको बसले यात्रुसँग बढी भाडा लिएको गुनासो आएपछि ट्राफिक प्रहरीले उक्त सवारीलाई जरिवाना गर्दै बढी भाडा यात्रुलाई फिर्ता गराएको हो ।

शुभ अधिकारी ट्राभल्सले यात्रुसँग तोकिएकोभन्दा बढी भाडा लिँदै अर्कै बसमा यात्रु राखेको पाइएपछि कारवाही गरिएको ट्राफिक इञ्चार्ज कृष्ण क्षेत्रीले बताए । पोखरादेखि काठमाडौँसम्मको भाडा ५०० भए पनि यात्रुसँग ६०० र ७०० सम्म भाडा असुलेको पाइएको उनले जानकारी दिए ।

 

उनका अनुसार १५ जना यात्रुको बढी भाडा फिर्ता गराइएको छ । साथै उक्त बसलाई बढी भाडा लिएको आरोपमा एक हजार ५०० जरिवाना गराइएको छ ।