प्रत्येक प्रदेश सदरमुकामबाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिने

काठमाडौं,  कार्तिक ९ प्रत्येक प्रदेश सदरमुकामबाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिने 

अब सबै प्रदेसबाट श्रम स्वीकृति लिन पाइने भएको छ । सरकारले प्रत्येक प्रदेश सदरमुकामबाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिने भएको छ । सातवटा प्रदेश मध्ये प्रदेश नम्बर १, २ र ३ र पाँच ले मात्रै नाम र राजधानी तोक्न वाँकी राखेका छन् । त्यसमध्ये ती प्रदेशहरुको पनि अस्थायी सदरमुकाम भने तोकिएका छन् । सोही आधारमा सातवटै प्रदेशका सदरमुकामबाट बैदेशिक रोजगारमा जाने कामदारको श्रम स्वीकृति हुनेछ ।

यो व्यवस्थासँगै अब वैदेशिक रोजगारीको श्रम स्वीकृत लिनका लागि काठमाडौं आउनुपर्ने बाध्यता हट्नेछ ।

आगामी मंसिरदेखि वैदेशिक रोजगारीमा जाने कामदारलाई प्रदेशबाट सेवा उपलब्ध गराउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहालले बताए । वैदेशिक रोजगारीमा जाने युवाको सहजीकरणका लागि मन्त्रालयले प्रदेशबाटै श्रम स्वीकृति दिन लागेको उनले बताए ।
वैदेशिक रोजगारीका लागि सबै काम प्रदेशबाटै हुने भएपछि वैदेशिक रोजगार विभाग र उपत्यकाभित्रका सबै वैदेशिक रोजगार कार्यालयको काम पनि घट्नेछ ।