अब प्रदेशका आधारमा सवारी नम्बर रहने

काठमाडौ, कार्तिक ९  प्रदेशको आधारमा मोटरसाइकलको नम्बर प्लेट रहने गरि आजबाट दर्ता खुल्ने भएको छ । यश अघि अञ्चलको आधारमा नम्बर प्लेट दर्ता हुँदै आएकोमा आगामी दिन देखि सातै वटा प्रदेशको आधारमा नम्बर प्लेटको अङ्क राखिने भएको हो । सङ्घीय आधारमा ७ वटा प्रदेश रहेका छन ।
बागमती अञ्चलमा दर्ता हुने नम्बरमा ९९ सय लट पुगेपछी दसैं अघि दर्ता रोकिएको थियो । दसैंमा पनि अन्य अञ्चलको नाममा मोटरसाइकल दर्ता गरिएको थियो ।
यसको निर्णय मन्त्रिपरिषद बैठकले गरेको हो । सोही निर्णयका आधारमा बिहीवार राजपत्रमा सुचना प्रकाशित भएको छ ।

नयाँ व्यवस्था अनुसार अगाडि र पछाडि दुबै नम्बर प्लेटको माथिल्लो लाइनको सुरूमा सवारी दर्ता गर्ने कार्यालयको प्रदेश संकेत र त्यसपछि उक्त प्रदेश भित्रको यातायात व्यवस्था कार्यालयको क्रम संख्या जनाउने अंक उल्लेख गर्नु पर्नेछ। प्रदेशभित्र रहेका यातायात व्यवस्था कार्यालयको क्रम संख्या जनाउने अंक यातायात व्यवस्था विभागले तोकेबमोजिम हुनेछ।

अगाडिको नम्बर प्लेटको तल्लो लाइनमा सवारी समूह जनाउने अंक, सवारीको किसिम जनाउने संकेत र सवारी दर्ता नम्बर लेख्नु पर्नेछ।

पछाडिको नम्बर प्लेटको दोस्रो लाइनमा सवारी समूह जनाउने अंक, सवारीको किसिम जनाउने संकेत र तेस्रो लाइनमा सवारीको दर्ता नम्बर लेख्नु पर्नेछ। त्यस्तो सवारी समूह जनाउने अंक आवश्यकताअनुसार ००१ देखि ९९९ सम्म हुनेछ।

त्यस्तै सवारी दर्ता नम्बर बढीमा ४ अंकको ९०००१ देखि ९९९९० सम्म हुनेछ। प्रयोगअनुसार दर्ता नम्बर ४ अंक कटेपछि अर्को समूह संकेतको संख्या दिई त्यसमा पनि ०००१ देखि ९९९९ सम्म दिँदै जानु पर्ने छ।

प्रकाशित मिति स् शुक्रबार, , २०७५