तपाईका लागि यस्तो छ आजको राशीफल- आजमिति २०७५ कार्तिक १० गते शनिबारकाे राशिफल कस्ताे छ हेर्नुहाेस्

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ 

नयाँ सर सामानहरु पाउला । प्रतिस्पर्धीहरूले हार खानेछन् । महिलाहरुको लागि खुसीको समय भन्नु पर्ला । खोजेको पाईएला । मिठो मिठो खाना मन होला । ब्यापारीहरुको लागि राम्रो छ । बैक आदिको काम गर्नु पर्ला । पूजीको वृद्धि होला । अकस्मात धन लाभको समय छ । अलि मेहनत गर्नु परे पनि अन्तमा खुसिनै महसुस होला । भान्छामा काम धेरै बढेर जाला । मेहनत गर्दा बिस्तारै काम बन्नेछ । तपाइको रासी मेस हो जुन मंगल ग्रहको रासी हो । त्यसैले मंगल ग्रहको दिन अर्थात् मंगलबार तपाइलाई प्राय राम्रो हुने गर्दछ र मंगलबार कुनै काम सुरु गर्दा फाप्ने गर्दछ ।

बृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो 

तन्दुरुस्तता आउनेछ । फुर्ति र चुस्ती आउनेछ । लगनशील भउर कुनै काम कुरामा लाग्न सक्ने छ जसले सफलता दिलाउनेछ । चाजो पाँजो मिलाउनु पर्ने समय छ । रोकिएका काम धेरै नभएपनि सक्ने जति बनाउन सकिनेछ । मोज मस्ती आदि गर्नलाइ आकर्षित गर्ला । जिम्मेवारी बढिरहनेछन् तर निभाउनै पर्ने जस्तो हुन्दैन । धेरै जोश र जागरले भरिभराउ होला । फाइदा हुने काम प्राप्त हुन सक्छ । स्वास्थ्य सबल रहनेछ । तपाइको रासी बृष हो जुन शुक्र ग्रहको रासी हो त्यसैले शुक्र ग्रहको दिन अर्थात् शुक्रबार तपाइलाई प्राय राम्रो हुने गर्दछ र शुक्रबार कुनै काम सुरु गर्दा फाप्ने गर्दछ ।

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह

 मनमा भएको ठाँउ घुमफिर गर्न पाउने छ किनकि त्यस्को समय आएको छ । गीत गाउन वा गीत सुन्न मन भएर आउछ वा गाउन सुन्न पाइएला । छोरा छोरीहरुले आमा बुवा भनेर सम्झेलान । हाल खबर सोध्लान । परीक्षा आदिको कुराले उत्साह बढाउनेछ । आफ्नो दाइ दिदि आदि संग भेटघात वा जमघट हुन सक्छ । अलि कति रमाइलो वा खुसियाली जस्तो बढने बातावरण आएको छ । गीत संगीतमा मन जानेछ । तपाइको रासी मिथुन हो जुन बुद्ध ग्रहको रासी हो त्यसैले बुद्ध ग्रहको दिन अर्थात् बुद्धबार तपाइलाई प्राय राम्रो हुने गर्दछ र बुद्धबार कुनै काम सुरु गर्दा फाप्ने गर्दछ ।

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो

रमाइलो यात्राको सम्भावना बढेको छ हुन सक्छ । आफ्नो दाइ दिदि आदि संग भेतटघात वा जमघट हुन सक्छ । खेलकुद आदिको लाभ होला । छोरा छोरीहरुको याद आउन सक्छ । के गर्दै होला कसो गर्दै होला भनि कुरा खेल्ला । भाइ बहिनीहरु अभिभावक जस्तै रेखदेख गर्नु पर्ला । साथीहरु प्रत्ति निभाउनु पर्ने दायीत्व निभाउन सकिएला । गाउन र नाच्न आदिको लागी अवसर आउन सक्छ वा त्यसमा मन लाग्ला । मान्छेहरुले आफुलाई दिनु पर्ने पैसा आफै दिन आउलान । तपाइको रासी कर्कट हो जुन चन्द्रमाको रासी हो त्यसैले चन्द्रमाको दिन अर्थात् सोमबार तपाइलाई प्राय राम्रो हुने गर्दछ र सोमबार कुनै काम सुरु गर्दा फाप्ने गर्दछ ।

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे

व्यापार लगायत अनि रोजगार, जागिर क्षेत्त्रमा राम्रो देखिन्छ । यसो कतै जाने मन नहुने होला । बाहिर गएर आउनु पर्नेमा बाहिर बाहिर नै थन्किन बाध्य भएकाले मनमा अलिकति खिन्नता होला । आगन्तुक आदिको वा आगमनको संकेत आउला । तयार गरि राख्दा पछि सहज होला । पितृ बर्गको सुखमा वृद्धि होला । दिगो योजनामा अघि बढ्दा यो समय उपयोक्त छ । श्रमको मूल्यांकन हुनेछ । श्रम अनुसार प्रतिफल प्राप्त हुनेछ । तपाइको रासी सिंह हो जुन भगवान सुर्यको रासी हो त्यसैले सुर्यको दिन अर्थात् आइतबार तपाइलाई प्राय राम्रो हुने गर्दछ र आइतबार कुनै काम सुरु गर्दा फाप्ने गर्दछ ।

कन्या टो, प, पि, पु, ष, ण, ठ, पे, पो

 सानो ठुलो यात्राको तयारी जस्तो गर्नु पर्ने होला । भाइ बहिनिलाई समय दिन नसकिएला । आफ्नो भन्दा गन्ने सुन्ने मान्छेको कुरा दब्दबा होला । तिर्थ यात्रा वा कहाँ शुभ यात्रा को कुरा आउला वा जाने कुराहरु बढ्ला । गुरु जनहरुको आशीर्वाद पाईएला । परीक्षा आदिको नतिजाले उत्साह बढाउनेछ । बुद्धि लगाइ समय मिलाउनु होला । सहयोगीहरूले साथ दिनेछन् । सक्दो प्रयास गर्नेछन साथ दिन । केहि कमजोरी भएपनि सन्तोष नै होला सहयोगी बाट । तपाइको रासी कन्या हो जुन बुद्ध ग्रहको रासी हो त्यसैले बुद्ध ग्रहको दिन अर्थात् बुद्धबार तपाइलाई प्राय राम्रो हुने गर्दछ र बुद्धबार कुनै काम सुरु गर्दा फाप्ने गर्दछ ।

तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते

 रोग आदि भए त्यसको समाधान गर्न सकिएला वा काम गर्न सकिएला । नौलो नौलो परिस्थितीहरु आउला । त्यसैले उत्साहित महसुस होला । मेहनत गर्दा आइले नभइपनि पछि आम्दानी बढाउनेछ । सर सामानहरु मिलाउनु पर्ने समय आएको छ । बोल्ने बानीले सबैलाई समेट्ने प्रयास गर्नुहोला । अरुले त्यतिकै फसाउन सक्छन्, मन नभएको काम कुरामा लाग्नु पर्ला । ऋण आदि लाइ तिर्न सक्ने माहोल बनेको छ । मिलि काम गर्ने मान्छेहरुबाट धन पौने छ । कुनै पनि बिग्रेको कुरालाई बनौन सकिएला । तपाइको राशि तुला हो जुन शुक्र ग्रहको राशि हो त्यसैले शुक्र ग्रहको दिन अर्थात् शुक्रवार तपाइलाई प्राय राम्रो हुने गर्दछ र शुक्रवार कुनै काम सुरु गर्दा फाप्ने गर्दछ ।

बृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु

 स्वास्थ्य सबल रहनेछ, तर बिस्तारै अलि कमजोरी होला । चाहिने भन्दा धेरै जोश र जागरले भरिभराउ होला । रमाइलो र खुसीले भरेको समय छ आएकाले तपाइमा खुशीको बहार आउनेछ । दाम्पत्य जीवनमा खुसियाली छाउनेछ । साझेदारीका समस्या अलि सुल्झनाले हल्का महसुस होला । मेहनत गर्दा बिस्तारै काम बन्नेछ । काम र नाम बनाउने समय छ । जो संग पनि काम गर्न रुचि होला । काम बने पनि सन्तुस्टता भने ठिक ठिकै मात्र रहनेछ । अरुको सानो सहयोग पनि नपाउदा रिस उठेको जस्तो होला । माया गर्ने मान्छेहरुको याद आउला अलि संबेदनशील बनाउन सक्छ । तपाइको रासी बृश्चिक हो जुन मंगल ग्रहको रासी हो र त्यसैले मंगल ग्रहको दिन अर्थात् मंगलबार तपाइलाई प्राय राम्रो हुने गर्दछ र मंगलबार कुनै काम सुरु गर्दा फाप्ने गर्दछ ।

धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

कर्जा लिनुपर्ने सोच आउन सक्छ वा लिइएला । रोगलाइ दबाउन सकिएला । स्वास्थ्य बिस्तारै राम्रो होला । अकस्मात मित्रता स्थापित गर्न सकिनेछ । स्वास्थ्य प्रतिकूल बन्न सक्छ । तत्काल सामान्य फाइदा पछि घाटा हुन सक्ला, सजक रहनु होला । केही दौडधुप गर्नुपर्ला । संघर्ष गर्नु पर्ला तर अरु सब ठिक छ । साझेदारीका समस्या अलि सुल्झनाले हल्का महसुस होला । दिनु पर्ने कुराहरु आदि भए तिर्न सकिएला । प्रतिस्पर्धीहरूको स्वतः हार हुनेछ । सहि तरिकाको बोलचालले सजिलै काम फत्ते पार्न सकिएला । तपाइको रासी धनु हो जुन बृहस्पति ग्रहको रासी हो त्यसैले बृहस्पति ग्रहको दिन अर्थात् बिहिबार तपाइलाई प्राय राम्रो हुने गर्दछ र बिहिबार कुनै काम सुरु गर्दा फाप्ने गर्दछ ।

मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि

 पेट आदिको रोग भए अलि सन्चो होला । धेरै इन्टरनेट चलाउनु पर्ने काम आउला । मान्छेहरुले आफुलाई दिनु पर्ने पैसा आफै दिन प्रयास गर्नेछन । तत्काल सामान्य फाइदा पछि घाटा हुन सक्ला । पारिवारिक माहोल आएर काम तिर ध्यान दिन अलि नसकिएला । अलि सावधान नभए आफुले सोचेको भन्दा प्रतिकुल स्थिति आउन सक्ने हुन्छ । मनोरञ्जनको समय छ । रमाइलो गर्न पाइएला । त्यसमा हल्का अबरोध भने आउला । धर्म कर्म गर्न सकिएला । भाइ बहिनीहरु प्रतिको जिम्मेवारी निभाउन सकिएला । तपाइको रासी मकर हो जुन सनी ग्रहको रासी हो त्यसैले सनी ग्रहको दिन अर्थात् सनीबार तपाइलाई प्राय राम्रो हुने गर्दछ र सनीबार कुनै काम सुरु गर्दा फाप्ने गर्दछ ।

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द

 आफन्तहरु बाट अनुकुल स्थिति आउन सक्ने हुन्छ । बाहिर जान्छु भन्दा भन्दै एक्कै ठाउमा थन्किनुपर्ने भएकाले केही खिन्नता आउला । पैतृक कामहरुको आगमनको संकेत छ । श्रीमती तर्फबाट पनि पारिवारीक सुख–दुख प्रभाबित भएको देखिन्छ । धेरै बोल्दा समस्या आउन सक्छ । योजना गोप्य राखेर अघि बढ्नुहोला । मेहनत गर्दा बिस्तारै काम बन्नेछ । मेहनत गर्दा काम बन्न सक्छ । पशुपालन तथा कृषि क्षेत्र राम्रो देखिन्छ किन कि त्यसमा सुधारहरु ल्याउन सकिएला । तपाइको रासी कुम्भ हो जुन सनी ग्रहको रासी हो त्यसैले सनी ग्रहको दिन अर्थात् सनीबार तपाइलाई प्राय राम्रो हुने गर्दछ र सनीबार कुनै काम सुरु गर्दा फाप्ने गर्दछ ।

मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि

 आजको दिन महत्वपूर्ण हुनेछ । पराक्रमद्वारा असाद्द्य कामहरु पनि बन्ला । शिक्षा पढाई लेखाइमा सुभ–असुभ दुबै देखिन्छ । सम्मानीय जनको लागि चाजो बाजो मिलाउनु पर्ला । नाति पनातिको सम्झना आउला । असाद्द्य काम कुराहरु बनाउनु पर्ने हुन सक्छ । राम्रो अवसरको खोजीमा भौतारिनु पर्ला । आफ्नो काम आफुले भन्दा पनि अरुले गरिदिने जस्तो होला वा आफु भन्दा अरु बढी इच्छुक होला । भाइ बहिनिहरुले साथ दिदा आत्मीय आनन्द पाउने होला । तपाइको रासी मिन हो जुन बृहस्पति ग्रहको रासी हो त्यसैले बृहस्पति ग्रहको दिन अर्थात् बिहिबार तपाइलाई प्राय राम्रो हुने गर्दछ र बिहिबार कुनै काम सुरु गर्दा फाप्ने गर्दछ ।