कुलेखानी तेस्रोको परीक्षण उत्पादन पुसबाट

चिनियाँ ठेकेदार कम्पनीको बेवास्ताको शिकार बनेको यो आयोजनामा धेरै वर्ष सरकारी अधिकारीहरु मुकदर्शक बने । जसले गर्दा निर्माणको गति सुस्त भयो ।

चिनियाँ कम्पनी चे जियाङ जिल्लुनले अहिले इलेक्ट्रो मेकानिकल अन्तरगतको काम गरिरहेको छ । कुलमान घिसिङ प्राधिकरणको कार्यकारी निर्देशशक भएर आएपछि आयोजनालाई गति दिन निकै प्रयत्न गरे ।

तर, चिनियाँ ठेकेदारले टेर्दै नटरेरेपछि चिनियाँ दूतावासमार्फत कुटनीतिक रुपमै पहल गरेर आयोजनामा जिम्मेवार भएर काम गर्न ठेकेदारमाथि दबाव सिर्जना गरियो ।

पछिल्लो सयमाम ऊर्जामन्त्री वर्षमान पुन आफैंले पनि कुलेखानीको चिनियाँ ठेकेदारलाई काम छिटो गर्न दबाव दिन विभिन्न स्तरमा पहल गरेका थिए ।

तर, सन् २०११ मै उत्पादन थाल्नुपर्ने आयोजना निर्माणमा चिनियाँ कम्पनीको कछुवा गति हाल केही परिवर्तन भएको छ । आयोजनाका प्रमुख सुवा मिश्र मंसिरभित्र काम सकिने गरी आयोजनामा इलेक्ट्रोमेकानिलक जडानको काम भइरहेको बताउँछन् ।

यो कामको जिम्मा चिनियाँ कम्पनीले पाए पनि काम भने स्वदेशकै हुलास इन्जिनियरिङ एन्ड कन्स्ट्रक्सनले गरिरहेको छ । चे जियाङ जिल्लुनसँग आपसी मेलमिलापमा सहायक ठेकेदारका रुपमा उक्त आयोजनामा हुलासको ‘इन्ट्री’ भएको हो । तर, सहायक ठेकेदार नियुक्तिका लागि प्राधिकरणसँग अनुमति लिनुपर्ने प्रावधान मिचिएको छ ।

आयोजना स्थलमा चिनियाँ कामदार राखेर कामै नगर्ने प्रवृत्तिका कारण आयोजना धेरै वर्ष थलियो । अहिले ऊर्जामन्त्रीसहित प्राधिकरणको नेतृत्व र आयोजना प्रमुखको संयुक्त दबावका कारण कुलेखानीको अड्किएर बसेको काम सम्पन्न हुने चरणमा पुगेको छ ।

यो आयोजनाको सिभिलतर्फ ९९ प्रतिशत काम सकिएको छ । आयोजनाको शुरुको लागत अढाइ अर्ब रुपैयाँ अनुमानित थियो । निर्माण अवधि लम्बिँदा साढे चार अर्ब रुपैयाँभन्दा बढी खर्च हुने अनुमान छ ।

कुलेखानी बाँधबाट ६० मेगावाटको कुलेखानी प्रथम र दोस्रो सञ्चालनमा छन् । पहिलो आयोजनाबाट निस्केको पानी दोस्रोमा पठाएर ३२ मेगावाट उत्पादन भइरहेको छ । दोस्रोबाट निस्केको पानी तेस्रोमा पुर्‍याएर १३ मेगावाट उत्पादन गरिनेछ ।

आयोजनाको ठेक्का लागाउँदै लापरवाही गरिएका, राम्रो ठेकेदार नपरेको, स्थाीयहरुले पटक(पटक अवरोध गरेको, प्राधिकरणको तत्कालीन व्यव्स्थापन कमजोर भएको लगायतका कारण कुलेखानी तेस्रो निकै महंगो आयोजना बनेको छ ।अनलाईनखबर