दुर्घटनामा डिआइजी सहित तिनको मृत्यु

काठमाडौं । काभ्रेको मन्डन देउपुरस्थित ढकाल थोकमा भएको जिप दुर्घटनामा मर्नेको संख्या ३ पुगेको छ ।

वा ३ च २८७ नम्बरको जिप दुर्घटना घटनास्थलमै दुई र उपचारका क्रममा एकको मृत्यु भएको हो । उपचार क्रममा नेपाल प्रहरीका नायव महानिरीक्षक ९डिआइजी० सुशील भण्डारीको धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।

काभ्रेका एसपी रविराज खड्काका अनुसार यसअघि मण्डन देउपुर–४ का जीवन पराजुली, नमोबुद्ध नगरपालिका–१० का विनोद कार्कीको घटनास्थलमै मृत्यु भएको थियो ।

दुर्घटनामा घाइते सशस्त्रका पूर्व डिएसपी विनोद गौतम, धनराज पुरी र प्रदिप बोगटीकोे उपचार भइरहेको छ