विश्वकप क्रिकेटको ट्रफी राष्ट्रपतिको हातमा


काठमाडौँ कार्तिक ११। विश्व यात्रामा रहेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आइसिसी० विश्वकप क्रिकेट ट्रफीका बारेमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार जानकारी लिएकी छन् ।

संयुक्त अरब इमिरेट्स ९युएइ०बाट यही कात्तिक ९ गते नेपाल ल्याइएको सो ट्रफी आज शीतल निवास पु¥याइएको थियो । राष्ट्रपति भण्डारीले उक्त ट्रफी नेपाल ल्याइएकोमा खुशी व्यक्त गर्दै आफ्नो हातमा उचालेकी थिइन्। आजै सो ट्रफी जनसमुदायका लागि चन्द्रागिरिमा प्रदर्शनीमा राखिएको थियो ।

 

सोमबार वसन्तपुर दरबार स्क्वायरमा राखेर ट्रफी नेपाल बाहिर लगिनेछ । अन्य सात राष्ट्रमा पनि सो ट्रफी पु¥याइने आइसिसीका नेपाल प्रतिनिधि भावना घिमिरेले जानकारी दिनुभयो । इङ्ग्ल्याण्ड र वेल्समा २०७६ जेठ १६ देखि ३१ गतेसम्म आयोजना हुने आइसिसी विश्वकप क्रिकेट प्रतियोगिताको ट्रफी अहिले विभिन्न राष्ट्रमा प्रदर्शनीका लागि पु¥याइँदै छ ।