जेलबाटै चलाइरहेका छन् समीरमानले आफ्नो सञ्जाल !


काठमाडौं कार्तिक १३। निर्माण व्यवसायी महासंघका तत्कालिन अध्यक्ष शरदकुमार गौचनको हत्या अभियोगमा जेल सजाय भोगिरहेका समीरमान सिंह बस्नेतले जेलबाटै आपराधिक गतिविधि सञ्चालन गरेको खुलेको छ ।

प्रहरीले सोही हत्या अभियोग लागेका तीन जनालाई पक्राउ गरेपछि बस्नेतले जेलबाटै फिरौती असुलीलगायतका आपराधिक गतिविधि सञ्चालन गरेको खुलेको हो । पछिल्लो पटक बस्नेतको निशानामा मिडिया सञ्चालक र अरु केही निर्माण व्यवसायी रहेको प्रहरीको दावी छ ।

 

बस्नेत समूहबाट फोन आउन थालेपछि निर्माण व्यवसायी सुरक्षा माग्दै गृह मन्त्रालय पुगेका थिए । उनीहरुको सूचनाका आधारमा महानगरीय प्रहरी अपराध महाशाखाले अनुसन्धान थालेको थियो । प्रहरी स्रोतका अनुसार एक साताभित्रै प्रतिष्ठित ठेकेदार वा एक मिडिया सञ्चालकको हत्या गर्ने योजना बनेको थियो ।

 

‘समीरले जेलबाट छुट्टा छुट्टै समूह बनाएर सञ्चालन गर्दोरहेछ, उसको योजनामा केही प्रतिष्ठित व्यक्तिको निगरानी गरेको पाइयो,’ महाशाखा प्रमुख धिरजप्रताप सिंहले भने । यो समाचार नागरिक दैनिकमा छ ।