यशोदा फुड्स प्रा.ली.ले कावासोतीमा अवस्थित ज्ञानोदय मा. वि.मा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न

   

   शाेभा जी.सी.

नवलपुर असाेज १५।  यशोदा फुड्स प्रा.ली ले नवलपुर जिल्लाको कावासोती नगर पालिकाको कावासोतीमा अवस्थित ज्ञानोदय मा. वि. मा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न गरेको छ।

यशोदा फुड्स को मेची महाकाली शैक्षिक अभियान कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम सम्पन्न गरेको हो।ज्ञानोदय मा वि मा कक्षा पाँचमा अध्ययन गर्ने छात्र बिक बहादुर जिम्मा र कक्षा नौ मा अध्ययन गर्ने छात्रा लक्ष्मी बस्ताकोटीलाई उक्त छात्रवृत्ति रकम हस्तान्तरण गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथिको आसन बाट नगर का वडा नम्बर आठका वडा अध्यक्ष कृष्ण चन्द्र पोखरेलले उद्योगीहरुले उद्योग धन्दाहरु खोलेर पैसा कमाउने मात्र नभई सामाजिक उत्तरदायित्व अन्तर्गत यसरी राष्ट्र को विभिन्न स्थानहरुमा विभिन्न सामाजिक क्रियाकलापहरु गर्ने र शैक्षिक अभियानको रुपमा नेपाल अधिराज्य भरिका विभिन्न विद्यालयहरुमा पुगि विभिन्न शैक्षिक क्रियाकलापहरू गर्दै आइरहेकोमा यशोदा फुड्सलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।यशोदा फुड्स हरेक बिद्यालयका बालबालिकाहरुको भविष्य प्रति सचेत रहेको र यशोदा शैक्षिक अभियान मेची देखि महाकाली सम्म जारी रहेको जानकारी गराउदै विद्यार्थीहरुलाइ जंकफुड बारे सचेत गराउने र चाउचाउ खाने सहि तरिका पनि सिकाउने कार्य हाल सम्म यशोदा फुड्सले मात्रै गर्दै आइरहेको कुरा यशोदा फुड्सकि जनसम्पर्क अधिकृत सरस्वती बश्यालले जानकारी गराउनुभयो।

कार्यक्रममा सभापतिको स्थान बाट बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण कुमार सिक्देलले यस्तो उदाहरणीय र महान कार्य गरेकोमा यशोदा फुड्सलाई धन्यवाद ज्ञापन गर्दै उक्त कार्यक्रममा सहि मात्रामा र सहि तरिकाले खायो भने चाउचाउले असर नगर्ने र यस्ता कार्यक्रमहरुले विद्यार्थीहरुको नेतृत्व विकासमा टेवा पुग्ने हुंदा यशोदा फुड्स बिद्यार्थीहरुको स्वास्थ्य प्रति सचेत रहेको कारण विभिन्न सामाजिक तथा शैक्षिक कार्यक्रम गर्दे आइरहेको र यो छात्रवृत्तिको रकम रु पाँच पाँच हजार रहेको जानकारी दिंदै यशोदा फुड्सले नेपालमा रहेका विभिन्न चाउचाउ कम्पनीहरू मध्ये उत्कृष्ट कार्य गरेर समाजमा उदाहरणीय रहेको भन्दै धन्यबाद ज्ञापन गर्नुभएको थियो।

उक्त बिद्यालयका शिक्षक नारायण प्रसाद पाण्डेले संचालन गर्नु भएको उक्त कार्यक्रममा कम्पनीका तर्फ बाट एरिया इन्चार्ज निरञ्जन पोख्रेल ले आफ्ना भनाई राख्नुभएको थियो। बिधार्थीहरुले यो छात्रवृत्तिमा आंफुलाई छनोट गरिएकोमा यशोदा फुड्सलाई हार्दिक आभार प्रकट गर्दै आंफुलाई धेरै हौसला र भविष्यमा केही गर्न सक्छु भन्ने हिम्मत बढेको खुशी व्यक्त गरेका थिए।