बीजेपी प्रवक्ता तरुण एक्कासी काठमाडौंमा


काठमाडौं असाेज १५। भारतीय जनता पार्टी ९भाजपा०का प्रवक्ता तरुण विजय र काँग्रेस नेता चन्दनकुमार सोमबार काठमाडौं आएका छन् ।नेपालमा सत्ता परिवर्तनको हल्ला चलिरहेका बेला उनीहरु मध्याह्न १२ः३० मा नेपाल एयरलाइन्सको विमानबाट त्रिभुवन विमानस्थलमा ओर्लिएका हुन् ।

 

प्रवक्ता तरुण प्रधानमन्त्री नरेन्द्र मोदी निकटका विश्वासपात्र समेत हुन् । उनले नेपालमा रहँदा राजनीतिक भेटघाट गर्ने बुझिएको छ । उनीहरु आइडा नेपाल नामक संस्थाको कार्यक्रममा सहभागी हुन नेपाल आएको बताइएको छ ।