आइजिपीको राजीनामा मागिन नविना लामाले

काडमाडौं, असोज १८ । सत्तारूढ दल नेकपाका विद्यार्थी संगठनले प्रहरी महानिरीक्षकको राजीनामा मागेका छन ।
बिहीवार गृहमन्त्री बादललाइ ज्ञापनपत्र बुझाउदै अखिल र अखिल (क्रान्तिकारी) ले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको राजीनामा माग गरेका हुन ।

 

प्रतिनिधिसभा साम्सद तथा अखिलकी अध्यक्ष नविना लामा र क्रान्तिकारीका अध्यक्ष रंजित तामाङले सयुक्त रुपमा बुझाएको ज्ञापनपत्रमा जनतालाई सुरक्षा दिन नसकेको भन्दै प्रहरी आइजिपि खनाललाइ हटाउन माग गरेका हुन ।

 

निर्मला पन्त बलात्कार र हत्या प्रकरणका मूल कारक बम दिदीबहिनी, एसपी बिष्टको भुमिका, प्रमाण मेट्ने अन्य प्रहरीमाथि पनि अनुसन्धान केन्द्रीत नगरेर घटनालाई रहस्यमय बनाएको भन्दै पदबाट हटाउन माग गरिएको छ ।