चरेससहित दुई पक्राउ

कञ्चनपुर, असोज १८ । कञ्चनपुरको भीमदत्तनगरपालिका–१३ पिपरैयाबाट प्रहरीले दुई जनालाई लागूऔषध चरेससहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पसल सञ्चालक वर्ष ३७ का मनोजदत्त पन्त र चरेस खरिद गर्ने नगरपालिकाको वडा नं १८ का ३२ वर्षीय तीर्थ टमटा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बताए ।

 

टमटाले चरेस २८८ ग्राम पसल सञ्चालक पन्तबाट खरिद गरिरहेका बेला दुवैलाई पक्राउ गरी बुधबार जिल्ला अदालत कञ्चनपुरबाट पाँच दिनको म्याद थप गराएर लागूऔषध कसुरअन्तर्गत थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।