लगडीगोठ र जोगियाको सम्बन्ध


सिरहा असाेज २०। भारतीय गाउँ जोगिया र सिरहा नगरपालिका २१ लगडीगोठको सिमाना मैनावत्ती खोला हो । सीमावारिपारिका बासिन्दा फरक फरक देशका नागरिक हुन् । एउटा खोलाले छुट्टिएको तर नजिकका गाउँ, समान परिवेश र साझा संस्कृतिका कारण एउटै परिवारका सदस्य झैं मेलजोलका साथ उनीहरु बसेका छन् । उनीहरु एक अर्कालाई सक्दो मदत गर्छन् ।

दसगजापारि जोगियामा यादव समुदायको बाक्लो बसोबास छ । राम, पासवान, मण्डल, साफी समुदाय पनि मिलेर बसेको बस्ती हो, जोगिया । वारि लगाडीगोठतर्फ मण्डल समुदायको सघन वास छ ।

 

पारि आवश्यक पर्दा वारिबाट सहगोयगी हात जुट्छन्, वारि आवश्यक पर्दा पारिबाट ।ु लगडीगोठका अध्यक्ष सुरेन्द्र मण्डलले भने, वारि विवाह हुँदा पारिका मानिस भोज खान जुट्छन्, पारि हुँदा वारिका । आफूहरुबीच दुई देशका नागरिक हौं भन्ने ख्याल नै नआउने उनले बताए । हिँडडुल गर्दा पनि हामी सीमा बिर्सन्छौुं उनले भने । आजको नागरिकबाट ।