नेपाललाई, मलेसियाले दियो १ सय एक रनको लक्ष्य

काठमाडौँ, असोज २० ।अाजकाे खेलमा  मलेसियाले नेपाललाई १ सय एक रनको लक्ष्य दिएको छ ।आइसिसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ २०१८ को दोस्रो खेलमा मलेसियाको बायुमास क्रिकेट मैदानमा टस जितेर पहिले व्याटिङ गरेको मलेसियाले निर्धारित बीस ओभरको खेलमा १९ ओभर तीन बलमा अलआउट भएर सय रन बनाएको हो । मलेसियालाई सस्तैमा समेट्न नेपालका सन्दीप लामिछानेले सर्वाधिक पाँच विकेट लिए ।

 

चार ओभर बलिङ गर्नुभएका लामिछानेले २० रन खर्चेर पाँच मलेसियाका महत्वपूर्ण पाँच विकेट लिएका हुन् । यस्तै सोमपाल कामीले तीन विकेट लिए भने कप्तान पारस खड्काले दुई विकेट लिए । सुरुवातमा नेपाली बलरलाई दबाबमा राखेको मलेसियाको व्याटिङ लामिछानेले र सोमपालले ध्वस्त बनाएका हुन् ।मलेसियाका कप्तान सफिक सरिफले सर्वाधिक ४९ रन बनाए । यस्तै सेद अजिजले १३ रन बनाए ।