कार्यकतालाइ अान्दाेलनमा उत्रन देउवाकाे निर्देशन,ओलि सरकार नालायक’भएकाे टिप्पणी

काठमाडौ,असोज २० । काठमाडौमा शनिबार डडेल्धुरा काठमाडौ सम्पर्क समितीले गरेको दशैको शुभकामना आदन प्रदान कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपि ओलि नेतृत्वको सरकारप्रति खनिएर देउवाले सरकारर्लाइ ‘नालायक’ भनेर टिप्पणी गरेका छन् ।

 

उनले भने बलात्कारीलाई पक्राउ गर्न सक्दैन, प्रमाण मेटाउनेलाई कारबाही गर्न सक्दैन भने यो सरकार कति नालायक छ भन्ने प्रष्ट भएको  बताए उनले ’कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई पक्राउ गर्नुको साटो प्रमाण मेटाउने सत्तापक्ष नै लागेको उनले गम्भीर आरोप लागाएका छन्।

 

अब गोदावरीमा नयाँ संरचना बनाउँदा सम्पूर्ण सुदूरपश्चिमको विकास खर्च नै सिद्धिने भन्दै उनले असन्तुष्टि जनाए । राजधानीका लागि धनगढी नै उपयुक्त रहेको भन्दै उनले प्रदेशसभाको निर्णयको विरोधमा उत्रन पार्टीका कार्यकर्तालाई निर्देशन दिए ।

 

ओलि सरकारले मुलुकमा बितण्डा मच्चाएको उनले बताए । सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी राखेकोमा आपत्ति जनाउदै सभापति देउवाले जंगल मास्ने षड्यन्त्रमा राजधानी सार्न खोजिएको प्रतिक्रिया दिए । ‘वातावरणीय हिसावले मिल्दै मिल्दैन जंगल मास्ने संयन्त्रण भइरहेको छ,’उनले गोदावरी भन्दा दिपायल नै ठीक रहेको दाबी गरे ।