भाइरलको प्रकोप,बढेपछि दार्चुलामा विद्यालय नै बन्द

दार्चुला, असोज २० ।  एकसातादेखि गाउँभरीका बालबालिका तथा वृद्धवद्धाहरु भाइरलले प्रभावित बनेका छन् ।दार्चुलाको नौगाड गाउँपालिका–२ सुण्डमुण्डुमा गाउँभरी मौसमी भाइरलको प्रकोप बढेको हाे।

 

नौगाड २ मा रहेको केदारेश्वर मावि सुण्डुमुण्डु विद्यालयमा अध्ययनरत साढे तीन सय विद्यार्थीमध्ये आधाभन्दा बढिमा भाइरल देखिएको छ ।भाइरल प्रभावित विद्यालय र गाउँमा सामुदायिक स्वास्थ्य एकाई सुण्डमुण्डुबाट स्वास्थ्यकर्मीको टोली परिचालित भएर शुक्रबारदेखी नै औषधी बितरण गरीरहेको छ ।

 

भाइरलकै कारण विद्यार्थीहरुको नियमित पठन पाठनमा समस्या भएपछि शुक्रबारदेखि विद्यालय बन्द गरिएको विद्यालयका शिक्षक प्रेमसिह ठगुन्नाले जानकारी दिए । दशैँ विदा असोज २४ गते देखि गर्नुपर्ने भएपनि भाइरलको प्रकोप बढ्न थालेपछि विद्यालय बन्द गरिएको छ ।

 

 

मौसमका कारण देखिएको भाइरलले सामुदायिक स्वास्थ्य एकाई तथा नीजि मेडिकलहरुमा विरामीको भीड लाग्ने गरेको छ । विरामीहरुलाई तातो पानीको प्रयोग, व्यक्तिगत तथा बाह्य सरसफाई तथा मास्कको प्रयोग गर्न स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् ।