११ बर्षिया बालकद्धारा आत्महत्या

असोज बझाङ २० । बझाङ जिल्लाको खप्तड छान्ना गाँउपालीकामा ११ बर्षिया बालकले झुण्डी आत्महत्या गरेका छन् । शुक्रबार बेलुका ५ः३० बजेको समयमा घरमा नास्ता खाएर बाहीर निश्किीएका खप्तड छान्ना गाँउपालीका वडा नम्बर २ का ११ बर्षिया बालक प्रकाश कुमार जोशीले आत्महत्या गरेको प्रहरी नायब उपरिक्षक प्रविण धितालले बताउनु भयो ।

 

यती सानै उमेरमा केकती कारणले आत्महत्या गरेको हो भन्ने कुनै कारण खुल्न नसकेको र अनुसन्धान भै रहेको डिएसपि धितालले बताउनु भएको छ ।घर नजीकै रहेको भिमलको रुखमा घर बाट घाँस बोक्न र बाँध्न प्रयोग गरीने नाम्लोमा बालकले झुन्डी आत्म हत्या गरेका हुन् ।

 

शव जिल्ला अस्पतालमा पोष्टमाटम पछी आफन्तको जिम्मा लगाईएको प्रहरीले जनाएको छ । पछिल्लो समयमा स साना बालबालीकाहरुको डिप्प्रेशन गर्ने क्रम उच्च रहेको डिएसपि प्रविणधितालले बताउनु भएको छ । के कती कारणले हो भन्ने नखुले पनी फिलीममा गरेको एक्टीङ् गर्न खोज्दा यस्ता केस हरु हुने गरेको उहाँको भनाई छ । यो विषयमा अनुसन्धान भै रहेको उहाँको भनाई छ।