काठमाडौंमा अचाक्ली महँगी

काठमाडौं असाेज २१। चाडबाड नजिकिँदै जाँदा राजधानीमा खाने तेल, मैदा, चिनी, दूध, तरकारीलगायतको मूल्य अचाक्ली बढेको छ । सरकारले महँगी रोक्न संयन्त्र बनाएर बजार व्यवस्थित गर्न नसक्दा व्यवसायीले मनपरी ढंगले मूल्य बढाएका हुन् ।

खाने तेल र मैदामा १५ रुपैयाँसम्म मूल्य बढेको छ । तरकारी पोहोरको तुलनामा एक सय ७१ प्रतिशतसम्म महँगिएको छ । इन्धन मूल्यवृद्धिले ढुवानी भाडा बढ्दा उपभोग्य वस्तुमा त्यसको असर परेको छ ।

 

उपभोक्ता अधिकारकर्मी भने सरकारले अत्यावश्यक वस्तुको मूल्य तोकेर नियमन नगर्दा उपभोक्ता ठगिएको बताउँछन् ।आजको नागरिक दैनिकबाट ।