नेपालबाट ३ खर्ब जाँदा भारतबाट भित्रिन्छ १ खर्ब

काठमाडौँ ,असोज २२ । नेपालले औपचारिक माध्यमबाट भित्र्याउने रेमिट्यान्स बढेर वार्षिक ७ खर्ब ५५ अर्ब रुपैया पुगिरहेका बेला यहाँबाट बाहिरिने रेमिट्यान्स पनि बढेर ३ खर्ब ३७ अर्ब १० करोड रुपैया नाघेको छ।

 

विश्व बैकद्वारा हालै अद्यावधिक गरिएको द्विपक्षीय रेमिट्यान्स आप्रवाह तथ्यांकअनुसार सन् २०१७ मा नेपालबाट रेमिट्यान्सबाट ३ अर्ब २२ करोड ५९ लाख अमेरिकी डलर बाहिरिएका छ।

 

गत वा अमेरिकी डलरसँग औसत विनिमयदर १०४ रुपैयाँ ५० पैसा थियो।यो सन् २०१६ को तुलनामा २ अर्ब ६० करोड भन्दा बढी भएको छ। सन् २०१६ मा नेपालबाट २ अर्ब ९४ करोड २५ लाख अमेरिकी डलर बाहिरिएको हो।,आजको कारोवार दैनिकबाट ।