भुस बोकेको ट्रक पल्टँदा २० घण्टादेखि अवरुद्ध सडक खुल्यो

 

    शोभा जिसी

नवलपरासी,असोज २६ ।पूर्व पश्चिम महेन्द्र राजमार्गको बुटवल नारायणगढ सडक खण्ड अन्तरगत पूर्वी नवलपरासीको दाउन्ने उकालोमा पल्टिएको भुस बोकेको ट्रक २० घण्टादेखि नहट्दा यात्रुहरु अलपत्र परेका छन् ।

 

प्रहरीले बाटो खुलिसकेको जनाउने गरे पनि यात्रुहरुले भने घण्टौं सास्ती व्यहोर्नु परेको जनाएका छन् । सवारी बुधबार ११ बजेसम्म एकतर्फी मात्र खुल्दा यात्रुलाई सास्ती भएको थियो ।

 

नवलपुरका प्रहरी उपरीक्षक रमेश थापाले दाउन्नेमा व्यापक मात्रामा विग्रिएको सडकले गर्दा थप समस्या भएको बताए । विहीबार (हिजो) दिउँसो ३ बजेतिर भुस बोकेको ट्रक पल्टिएको थियो । त्यसमाथि लामो ट्रक सोही ठाउँमा आएर विग्रँदा झन समस्या थपिएको थियो ।

 

प्रहरी उपरीक्षक थापाले अहिले केही बेर अगाडि बाटो दुईतर्फी रुपमा नै खोलिएको बताए । सडक विभागले बेलैमा भत्किएका सडक मर्मत नगरिदिंदा यात्रुलाई थप समस्या भएको बताए ।

दाउन्नेमा सयौं ठाउंमा सडक विग्रिएको छ । गत बर्ष जताततै खाल्डाखुल्डी भएर घण्टौं जाम हुने गरेका कारण सडक मर्मत गरिएको भएपनि एक बर्ष पनि नहुँदै गएको बर्षामा सडक पुन विग्रिएको हो ।

 

बिहिबा र दिउसो ३ बजे दाउन्नेको घिउ खोला र दुम्किबासमा पल्टिएको भुसको ट्रक हटाउने प्रहरीले क्रेन नै मगाउन परेको थियो । हिजो एउटा क्रेनले हटाउन नसकेपछि आज थप एउटा क्रेन मगाएर विहान सवा ११ बजेतिर मात्र बाटो दुई तर्फी खुलेको हो ।

 

दाउन्नेमा सयौं ठाउंमा सडक भत्किएर ठूलाठूला खाडल हुंदा सवारी साधनहरु नियमित जसो घण्टौं जाममा पर्ने गरेका छन् । झण्डै २० घण्टा सडक अवरुद्ध हुँदा दशैं मान्न घर हिडेका यात्रुहरु घण्टौं जाममा परेर हैरानी व्यहोर्नु परेको थियो ।