आजमिति २०७५ साल आश्विन २८ गते आईतवार तपाईका लागि यस्तो छ आजको राशीफल हेर्नुहाेस

 

 मेषः– प्रतिकुल परिस्थितिमा काम गर्नु पर्ला । व्यापार व्यवसायमा आएको मन्दि कायम रहनेछ । आफन्तले धोका दिने छन् । आफ्नो धन अरुको लागि खर्च गर्नु पर्ला । स्वास्थ्यमा समस्या आउन सक्छ ।

 

वृषः– समयमा काम नगरे विग्रिने छन् । गरेका काम प्राय सफल हुने छन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । जीवन साथिको सहयोगमा महत्वपूर्ण काम बन्ने छन् । यात्राको सम्भावनालाई नकार्न सकिन्न ।

 

मिथुनः– विरोधिको सक्रियताले काममा अप्ठ्यारो पर्न सक्छ सजग भएर काम गर्नु होला । प्रयत्नपूर्वक गरेका काम सफल हुने छन् । व्यापार व्यवसायमा सुधार आउने देखिन्छ । नयाँ कामको प्रस्ताव आउन सक्छ ।

 

कर्कटः– चिन्ता बढ्ने छ । समयमा निर्णय लिन नसक्दा अवसरबाट बञ्चित हुने अवस्था आउन सक्छ । आवेगमा आएर कुनै निर्णय नलिनु होला । पढाईमा अप्ठ्यारो हुन सक्छ । लगनशिल भई गरेका काम सफल हुनेछन् ।

 

सिंहः– घरपरिवारमा दुख कष्ट हैरानी हुन सक्छ । काम गर्ने जोश जागर मर्नेछ । व्यापार व्यवसायमा अवनति हुनेछ । बचाएर राखेको धन खर्च हुन सक्ने कुरालाई नकार्न सकिन्न । अतिथि खर्चमा वृद्धि हुनेछ ।

 

कन्याः– काममा आशा गरे भन्द बढि सफलता मिल्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । काम गर्ने जोश जागर घट्ने छैन । आफन्तबाट सहयोग पाईनेछ । नोकरी तथा राजनीतिमा अवसरको खोेजी होला ।

 

तुलाः– ग्रह,गोचर ठीकै देखिन्छ । आफ्ना कुरा आफैमा सिमित राख्नु होला । काम गर्न सके दाम कमाउन सकिनेछ । आफन्त भए पनि धन दिने काम सके सम्म नगर्नु होला । प्रयत्नपूर्वक गरेमा काम सफल हुने छन् ।

 

वृश्चिकः– दुविधा हट्ने छन् । जोश जागरका साथ कर्म क्षेत्रमा लागिनेछ । गरेका अधिकाँश काम सफल हुनेछन् । व्यापार व्यवसायमा उन्नति प्रगति हुनेछ । वौद्धिक व्यक्तित्वसँग सामिप्यता बढ्नेछ ।

 

धनुः– समय त्यति अनुकुल देखिन्न नयाँ काममा हात हाल्नु पूर्व एकपटक सोच्नु होला । गरेका कामबाट आफु भन्दा अरु लाभान्वित हुनेछन् । व्यापारबाट सोचे जस्तो लाभ लिन सकिने छैन । व्यर्थको घुमाई फिराई बढि होला ।

 

मकरः– अस्थिर मन लिएर काम नगर्नु होला । परिवारको सहयोगमा काम बन्ने छन् । व्यापार व्यवसायबाट आफुले सोचे भन्दा राम्रो आम्दानी हुनेछ । मनमा भएका भ्रम हटेर जाने छन् । सुखद समाचार मिल्नेछ ।

 

कुम्भः– काममा देखिएका समस्या हटेर जानेछन् । कार्य क्षमता र दक्षता बढ्नेछ । धेरै काम सजिलै बन्नेछन् । नोकरी तथा राजनीतिमा आँशिक सफलता मिल्नेछ । विरोधीका कारण लाभान्वित हुनुहुनेछ ।

 

मिनः– मानसिक तनावमा कमी आउनेछ । वैदेशिक यात्रा सम्भावनालाई नकार्न सकिन्न । पढाई लेखाईमा थोरै ध्यान जानेछ । अरुका काममा समय बढि दिदा आफ्ना धेरै काम अधुरा रहने छन् ।–पंडित सुराचार्य