केन्द्रले स्वीकृत गरेको संरचना भत्काएर प्रदेश ३ ले गर्यो आफूखुसी निर्णय


काठमाडौं असाेज २८। केन्द्रले स्वीकृत गरेको सांगठनिक संरचना ९ओएन्डएम० भत्काउदै प्रदेश सरकारले मकवानपुर र सिन्धुलीमा डिभिजन वन कार्यालय एक(एकवटा मात्र राख्ने निर्णय गरेको छ ।

उक्त निर्णयप्रति केन्द्रीय वन तथा वातावरण मन्त्रालयले आपत्ति जनाएको छ । केही दिनअघि प्रदेश ३ को मन्त्रीपरिषद बैठकले मकवानपुर र सिन्धुलीमा दुई(दुईवटा डिभिजन वन राख्ने गरी करिब तीन महिनाअघि पारित ओएन्डएम भत्काउँदै एक९एकवटा मात्र राख्ने र बढी कर्मचारी केन्द्रमै फिर्ता गरिदिने निर्णय गरेको थियो ।

 

प्रदेश ३ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले उक्त निर्णय संघीय मन्त्रिपरिषद कार्यालयमा पठाइसकेको छ ।आजको कान्तिपुरबाट।