पूर्वसांसद धिमालले गरे आत्महत्या


काठमाडौं असाेज २९। मोरङमा एकजना पूर्वसांसदले आत्महत्या गरेका छन्। बेलबारी नगरपालिका–२ लालभित्ती निवासी पूर्वसांसद कर्णबहादुर धिमाल आफ्नै घरको वरन्डामा झुन्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बेलबारीका सहायक प्रहरी निरीक्षक गोविन्द खवासले जानकारी दिए।

उनी २०३८ सालको राष्ट्रिय पञ्चायतको निर्वाचनमा मोरङको प्रतिनिधित्व तथा तत्कालीन राजा ज्ञानेन्द्र शाहको शाहीकालमा अञ्चल प्रशासक रहेका थिए। धिमाल मुटु, हर्निया आदि रोगबाट पीडित थिए। धिमालका श्रीमती तथा एक छोरा रहे पनि उनीहरू काठमाडौं बस्ने हुँदा धिमाल एक्लै लालभित्तीस्थित घरमा बस्दै आएका थिए।  आजको नेपाल समाचारपत्रबाट  ।