गाडी किन्न सांसदले माग्यो थप बजेट

काठमाडौँ ,कात्तिक १५। संघीय संसद् सचिवालयले पदाधिकारी र समिति सभापतिलाई महँगा गाडी किन्न सरकारसँग करोडौँ रकम मागेको छ ।

 

चढिरहेको गाडी पुराना भएको भन्दै अर्थ मन्त्रालयमा थप बजेट माग प्रस्ताव पठाएको हो ।

सचिवालयले वार्षिक बजेटभन्दा बाहिरबाट रकम मागी गाडी, मोटरसाईकल र कम्प्युटर खरिद गर्न लागेको हो ।

 

राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सेना, उपसभामुख शिवमाया तुम्बाहाम्फे, राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहालका लागि नयाँ गाडी किन्न लागेको सचिवालयले जनाएको छ । आजको अन्नपुर्ण पोष्टमा छ ।