तिहारकै मुखमा आठ करोडको तास आयात


काठमाडौं कात्तिक १६ ।पछिल्लो तीन महिनामा मुलुकमा आठ करोड रुपैयाँको तास आयात भएको छ। तास खेल्ने पर्व तिहार नजिकिँदै गर्दा यसको आयात ५२ लाख प्याकेटभन्दा धेरै भएको छ। यो तथ्यांक गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६।७६ प्रतिशत धेरै हो।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ८ करोड ६ लाख ५४ हजार रुपैयाँ बराबरको ५१ लाख ९३ हजार ८ सय प्याकेट तास आयात भएको छ। सबैभन्दा धेरै तास असोजमा भित्रिएको छ।

 

नेपालीको दोस्रो ठूलो चाड तिहारमा जुवातास खेल्ने परम्परा छ। तिहारलाई लक्षित गरेर तास भित्रिएको देखिन्छ। तथ्यांकअनुसार तीन महिनामा आयात भएको ८ करोड साढे ६ लाख रुपैयाँको तासमध्ये असोजमा झन्डै आधा तास आयात भएको देखिन्छ । साउनमा एक करोड ४७ लाख र भदौमा ३ करोड ६ लाख ४८ हजारको तास आयात भएको छ । असोजमा ४ करोड ५४ लाखको आयात भएको तथ्यांक छ।

 

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ८ करोड ६ लाख ५४ हजार रुपैयाँ बराबरको ५१ लाख ९३ हजार ८ सय प्याकेट तास आयात भएको छ। सबैभन्दा धेरै तास असोजमा भित्रिएको छ।

 

विगतका तथ्यांक हेर्दा तिहार आउनुभन्दा एकदुई महिनाअघि मात्रै ठूलो परिमाणमा तास आयात भएको देखिन्छ। आर्थिक वर्ष २०७४र७५ को पहिलो तीन महिनामा ५ करोड ४२ लाख ७६ हजार रुपैयाँको ४८ लाख ६९ हजार प्याकेट तास आयात भएको थियो।

 

सो वर्ष कुल १४ करोड ५७ लाख २६ हजार रुपैयाँको १ करोड २१ लाख ४४ हजारभन्दा बढी प्याकेट तास आयात भएको थियो। तीमध्ये चीनबाट १३ करोड ५२ लाख रुपैयाँको तास आयात भएको थियो। यस्तै आर्थिक वर्ष २०७३र७४ मा कुल १२ करोड ६१ लाख रुपैयाँको १ करोड ११ लाख प्याकेट तास आयात भएको थियो।