सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै तत्कालीन प्रहरी उपरीक्षक विष्ट आफ्नो पीडा पोख्दै

डोटी, कार्तिक १६ । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणमा अनुसन्धानमा लापरवाही गरेको भन्दै बर्खास्तमा परेका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्ट सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो पीडा पोख्न थालेका छन् ।

आफ्नो फेसबुकमा स्ट्याटस लेख्दै विष्टले ‘सत्य इमान्दारीताका पक्षमा वकालत गर्दा गर्दै जागिरको अन्त्य भएको’ उल्लेख गरेका छन् । उहाँले आफ्नो दायित्वको पक्षमा वकालत गर्दागर्दै जागिर अन्त्य भएको उल्लेख गर्दै निष्ठा र स्वाभिमानको अन्त्य नभएको स्ट्याटसमा लेखेका छन् ।

खडेरी परेका बेला सत्य ओइलाउन सक्ने तर कहिल्यै नमर्ने कुरासमेत उहाँको फेसबुक स्ट्याटसमा उल्लेख छ । उहाँले लेखेका स्टाटसमा अधिकांशले न्याय पक्का मिल्ने छ भन्ने टिप्पणीसमेत राख्ने गरेकाछन् । रासस