रक्सी खाएर विवाद हुँदा स्याङ्जाका मेयर रारा तालमा कुटिए

काठमाण्डु, १८ कार्तिक  स्याङ्जाका मेयर रारा तालमा कुटिएका छन् । चापाकोट नगरपालिकाका मेयर शिवकुमार गिरी कुटिएका शनिवार राति रक्सी खाएर विवाद हुँदा कुटपिट भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी विनोद शर्माले जानकारी दिए ।के भएको थियो ?

 रारा ताल घुमेर फर्किएको टोली शनिवार करिब १०  राति कालिकोटमा रहेको सनलाइट होटलमा बास बस्न पुगेको थियो । मेयर गिरीको टोली स्याङजा बिहिवार रारा हिँँडेको थियो ।

होटलमा मेयरसहित पुगेको टोलीले रक्सी खाएर  हल्ला गरेका थिए । भक्तपुर र काठमाण्डुबाट रारा घुम्न गएको टोली सोही होटेलमा बस्न पुगेको थियो । होटेलमा मेयरको टोलीले हल्ला गरेपछि आफूहरुलाई डिस्टर्ब भएको भन्दै हल्ला नगर्न आग्रह गरेपछि दुई पक्षबीच झडप भएको डिएसपी शर्माले बताए ।

उनीहरुबीच राति वियरको बोतल र ढुङगा हानाहान भएको थियो । झडपमा परी नगर प्रमुख गिरी सहित सवारी चालक घाइते भएका छन् । नगर प्रमुख गिरीको टाउकोमा ५ वटा टाँका, स्वीकय मल्ललाई १६ वटा टाँका लगाइएको र जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको छ ।

भक्तपुरको भ्रमण टोली र चापाकोट नगरपालिकाको टोलीबीच मदिरा सेवन गरेर च्याङग्राको मासु पोलेर खाने बेला दुई टोलीबीच अपशब्द बोल्दै झगडा भएपछि कुटपिट गर्ने ८ जनालाई प्रहरी नियन्त्रणमा लगिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख शर्माले बताए ।