तुलाधरको निधनले अपूरणीय क्षति: उपराष्ट्रपति पुन


काठमाडौं कार्तिक १८।  पूर्वमन्त्री एवं वरिष्ठ मानव अधिकारवादी नेता पद्मरत्न तुलाधरप्रति उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले आइतबार दिउँसो  श्रद्धाञ्जलि व्यक्त गरेका छन् । आज साँझ लाजिम्पाटस्थित निवासमा पुगेर उपराष्ट्रपतिले स्व तुलाधारको पार्थिव शरीरमाथि श्रद्धाञ्जलि व्यक्त गरे ।

 

उपराष्ट्रपतिले तुलाधरका परिवारजनमा गहिरो समवेदना व्यक्तसमेत गरे । “मैले उहाँलाई अस्पतालमा गएर भेटेको थिएँ, आज यस्तो होला भन्ने कल्पना पनि गरेको थिएन । पूर्वमन्त्री एवं वरिष्ठ मानव अधिकारवादी नेता, नागरिक समाजका अगुवा, नेपालको शान्ति प्रक्रियाको पहलकर्ता आदरणीय पद्मरत्नज्यूको निधनले म स्तब्ध भएको छु”, उपराष्ट्रपतिले परिवारजनसँग भने ।

 

उपराष्ट्रपतिले तुलाधरको निधनले राष्ट्रलाई अपूरणीय क्षति पुगेको भन्दै नेपालको परिवर्तनकारी आन्दोलन, विशेषगरी पञ्चायतविरुद्धको सङ्घर्ष, २०६२(६३ को जनआन्दोलन र नेपालको शान्ति प्रक्रियाका लागि उहाँले पु¥याउनु भएको योगदान सगरमाथा जस्तो उच्च रहेको बताए । उपराष्ट्रपतिले पद्मरत्नको भौतिकरुपमा निधन भए पनि सधैँका लागि बाँचिरहने बताए । “मानिस जन्मनु र मर्नु प्राकृतिक नियम हो । तर जसले समाज र राष्ट्रका लागि योगदान दिन्छ ऊ अमर रहन्छ”, उनले भने ।