रेडक्रसले बढायो आफूखुसी रगतको मूल्य

काठमाडौं कार्तिक १९। नेपाल रेडक्रस सोसाइटीले अवैध रुपमा स्वास्थ्योपचारका लागि अत्यावश्यक रगतको मूल्य बढाएको छ। रेडक्रसले सरकारको अनुमतिविनै प्रतियुनिट रगतमा १०० रुपैयाँ मूल्य बढाएको हो।

रेडक्रसले केन्द्रीय रक्त संचार सेवाले गत बिहीबारदेखि प्रतियुनिट रगतमा यसअघि लिँदै आएको शुल्कमा १०० रुपैयाँ थप लिने सूचना जारी गरेको छ। केन्द्रीय रक्त संचार सेवाका निर्देशक डा। मनिता राजकर्णिकारले बिहीबार रगतको मूलय वृद्धि भएको सूचना प्रकाशित गरकी हुन्।

 

सूचनामा ‘केन्द्रीय रक्त संचार सेवा’बाट रगत तथा रक्त तत्त्व उपलब्ध गराउने क्रममा लिइँदै आइएको शुल्कमा हाललाई रक्त संकलनमा रफ्रेसमेन्ट तथा अन्य खर्च व्यवस्थापनका लागि नोल सरकार राष्ट्रिय रक्त संचार ब्युरोको निर्णयअनुसार बिहीबार ९कात्तिक १५० देखि प्रतियुनिट १०० रुपैयाँ थप लिने व्यवस्था लागि सूचित गरिएको उल्लेख छ। आजको कान्तिपुर दैनिकबाट ।