भारतीय माओवादी नेपालमा सिके राउतलाई सघाउन

काठमाडौं कार्तिक २१। सीके राउतको स्वतन्त्र मधेशको पृथकतावादी अभियानलाई सघाउन भारतीय नक्सलवादी माओवादीहरु तराईमा छ्याप्छयाप्ती भेटिन थालेका छन् ।झण्डै पाँच हजारको संख्यामा धनुषादेखि सिरहा, सप्तरी हुँदै तराईको चारकोसे झा ड़ी र उदयपुरको चुरे आसपासका जंंगलमा क्याम्प राखि उनीहरुले गतिविधी गर्दै आएका छन्क्ष् स्थानीयका घर आसपासमा उनीहरु डेरा जमाएर बसिरहेको स्थानीय संचारकर्मीहरुले बताएका छन् ।

 

उनीहरुले गाउँगाउँमा नयाँ मानिस देखापर्ने बित्तिकै चेकजाँच गर्नुका साथै सवारी साधन समेत रोक्ने गरेका छन्।यसअघि सशस्त्र द्धन्द्धका बेलामा देशभर माओवादीले चलाएको शैलीलाई भारतीय माओवादीले तराईमा गरिरहेको सम्झना पनि संचारकर्मीहरुले गर्ने गरेका छन् ।हतियारसहित रहे पनि अहिलेसम्म स्थानीयहरुलाई भने दुःख नदिएकोसिके राउतको गतिविधीलाई नियालिरहेका सुनसरीका ति पत्रकारले बताए ।

उनले भने, ‘हतियारसहित उनीहरुको मुभमेन्ट कडा रहेको बुझ्न सकिन्छ तर उनीहरुले अहिलेसम्म स्थानियलाई दुःख भने दिएका छैनन् ।’सीके राउत अहिले प्रहरी हिरासतमै छन् । तर उनको अभियान भने निकै सशक्त हुँदै गएको बुझ्न सकिन्छ ।तराईमा भारतीय माओवादीका कार्यकर्ताहरुको गतिविधि बढ्दा समेत सरकारले भने चासो देखाएको पाइँदैन ।

तराईवासीसंग उस्तै रहनसहन र अनुहार हुने भएकाले भारतीय माओवादीलाई छुट्टाउन मुस्किल पर्छ ।एक स्रोतका अनुसार उनीहरु अहिले आफ्नो शक्तिलाई फराकिलो बनाउँदै गइरहेका छन् । कुनै पनि बेला उनीहरु एक्सनमा आउन सक्छन् ।कुनै समय थियो नेपा लका माओवादीले भारतीय माओवादीसंग सहकार्य गरेका थिए । अहिले माओवादी नेकपाको नामबाट सरकारमा छ ।

 

माओवादी नै सरकारमा रहेका बेलामा भारतीय माओवादीले नेपालमा पृथकतावादी गतिविधिमा सहयोग बढाउँदै लैजानुलाई संयोग मात्र भन्ने वा कुनै अर्को चलखेल पनि हुन सक्छ भनेर बुझ्ने रुकेहि महिना अघि विप्लव नेतृत्वको नेकपाले पनि उदयपुर र सिरहाको जंगलमा लौरो तालिम भन्दै हातहतियारको तालिम दिएको थियो । अहिले भारतीय माओवादीको बिगबिगी छ ।सीके राउतको हठ बढ्दो छ । संविधान दिवसको दिनमै सीके राउत र उनका समर्थकहरुले प्रदेश २ मा चर्कै विरोध गरेका थिए ।

प्रदेश २ का मुख्यमन्त्री लालबहाुर राउतले संविधान दिवस नै मनाएनन् । यो घटनाबारे प्रदेश २ को सरकारलाई जानकारी भयो भने कार्वाहीमा उत्रन्छ वा समर्थन गर्छ रुअनि केन्द्र सरकारले गतिविधि नियालिरहेको हो भने एक्सनमा उत्रने तयारी गरिरहेको हो रु आ फूलाई मन नपर्ने विषयमा विदेशमै कसैले बोल्यो भने कडा रुपमा प्रस्तुत हुन खोज्ने सरकारले मातृभूमिमा विदेशी आएर गलत गतिविधि गर्दा के गर्छ, हेर्न बाँकी छ ।