एक ५७ वर्षीया महिला ‘बलात्कृत

अछाम, कात्तिक २१ । अछामको चौरपाटी गाउँपालिका ६ मा बस्ने एक जना ५७ वर्षीया महिला बलात्कृत भएकी छन् । सोही ठाउँमा बस्ने ३१ वर्षीय नाउटे आउजीलले ती महिलालाई बलात्कार गरेको अछाम प्रहरीले जनाएको छ ।

 

यही कार्तिक १५ गते राति ११ बजे घरमा सुतिरहेकी उनलार्ई मदिरा सेवन गरी कुटपिट गर्नुका साथै बलात्कार गरेको भन्दै परिवारले कार्तिक १६ गते प्रहरीमा उजुरी दिएको थियो । सोही उजुरीका आधारमा आउजीलाई पक्राउ गरिएको अछामका प्रहरी प्रमुख जनकबहादुर शाहीले जानकारी दिए ।

 

आउजीले कार्तिक २० गते सरकारी वकिल कार्यालयमा आरोप स्वीकार्दै स्थानीय १९ वर्षीय बुद्धि आउजीसमेत संलग्न रहेको बयान दिएका छन् । आरोपित बुद्धिलाई समेत पक्राउ गरिसकेको प्रहरीले जनाएको छ