भोली सार्वजनिक विदा दिने निर्णय

ताप्लेजुङ, कात्तिक २४ । किरात धर्मका महागुरु तथा १६ औँ राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको जन्मजयन्तीका दिन ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेकाे छ ।

 

गाउँपालिकाको २९ औँ वैठकले कातिक २५ गते महागुरु फाल्गुनन्द जयन्तीमा सार्वजनिक विदा दिईने निर्णय भएको गाउँपालिकाका निमित्त प्रशाशकिय अधिकृत कर्णहाङ नेम्वाङले जानकारी दिए । सरकारले किराँत धर्मवालम्वीहरुलाई मात्र दिने गरेकोमा फक्ताङलुङ गाउँपालिकाले भने सो दिन गाउँपालिका भित्र सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

 

सो दिन गाउँपालिका भित्रका सम्पुर्ण सरकारी कार्यालय तथा विद्यालयहरु वन्द रहनेछन् । यता गाउँकार्यपालिकाको वैठकले गत आर्थिक वर्ष ०७४र७५ को फक्ताङलुङ गाउँपालिका भरिका सम्पूर्ण सरकारी विद्यालहरुको लेखा परिक्षणका लागि लेखा परिक्षकहरुलाई नियुक्ति गरेको नेम्वाङले वताए ।