एक पुरुष मृत फेला

अत्तरिया, कात्तिक २५ । सुदूरपश्चिम प्रदेशको राजधानी अत्तरियामा एकजना मृत अवस्थामा फेला परेका छन् । गोदावरी नगरपालिका–४ खैराना पुल नजिकै आइतबार बिहान एक पुरुष मृत अवस्थामा फेला परेका हुन् ।

 

मृत फेला पर्नेमा गोदावरी नगरपालिका–२ का ५० वर्षीय लालबहादुर विक रहेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।