ट्याक्टर दुर्घटनामा,३ जनाको मृत्यु, २ जनाको अवस्था गम्भिर

गाईघाट कार्तिक २५। वनभोज खाएर फर्कर्दै गरेको ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ३६ जना घाईते भएका छन् । सिमा क्षेत्रमा पर्ने कोशी पुलमा वनभोज खाएर फर्कदैँ गरेको स १ त ५८५० नम्बरको ट्याक्टर वेलका नगरपालिका ८ मा दुर्घटनामा परेको थियो ।

 

उदयपर प्रहरीले दिएको जनकारी अनुसार मृत्यु हुनेमा वेलका नगरपालिकाका २० वर्षका इन्द्र चौधरी, २० वर्षका दीपिका चौधरी र १९ वर्षकी विनिता चौधरी रहेका छन् ।

 

घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ । दुर्घटनामा परेका सबै २ भागलपुरका स्थानीय हुन् । घाइतेहरुको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख प्रहरी निरीक्षक नवीन सिंहले जानकारी दिएका छन् ।