बोलीमा मात्रै हट्यो ‘सिन्डिकेट’

काभ्रे कार्तिक २९। सरकारले यातायात क्षेत्रको एकाधिकार ९सिन्डिकेट० तोडिएको दाबी गरेपनि ‘बोली’ मा मात्रै सीमित भएको छ । जिल्लामा सञ्चालन भइरहेका यातायात प्रालिको सिन्डिकेट कायमै राखेका छन् भने नयाँ यातायात प्रालिको सेवा पनि चित्त बुझ्दो छैन ।

काभ्रेको ग्रामीण भेग कोसिपारीको माादनकुँडारीसम्म जाने गरी कोसिपारि यातायात प्रालिले बस सञ्चालन गरेपछि सो रुटमा एकाधिकार ९सिन्डिकेट० कायम गर्दै आएको अरनिको यातायतले अवरोध गरेको छ ।

विभिन्न ३ रुटमा १० बस सञ्चालन गर्न लागेको कासीपारि यातायातलाई अरनिको यातायात प्रालिले अवरोध गरको हो । यो खबर आजको कान्तिपुर दैनिकबाट  ।