प्रेम सम्बन्धले गुम्यो मन्त्री पद

काठमाडौं, कात्तिक ३० । सुदुरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्रीबाट बर्खास्त गरिएका दीर्घ सोडारीलाई नेकपाले साधारण सदस्य पनि नरहने गरी निष्कासन गरेको छ ।

नेकपाका स्थानीय नेताहरुको अनुसार, उनी लामो समयदेखि धनगढीकै एक महिलासँग प्रेम सम्बन्धमा थिए ।त्यो स्थानीय नेता र कार्यकर्ताहरुलाई पनि पहिल्यैदेखि जानकारी थियो ।

 

यही विषय उनकी श्रीमतीले थाहा पाएपछि पटक—पटक विवाद पनि हुँदै आएको थियो ।तर, पछिल्लो समय उनीहरुको सम्बन्ध बिग्रिएको नेकपा कार्यकर्ताहरुको भनाई छ ।,

 

यसमा नेकपाभित्रको गृटगत राजनीतिले थप विवाद बढाएको स्थानीय नेता बताउँछन् ।उनीहरुको अनुसार सोडारीले फोन गरेको र उनकी श्रीमतीले ती महिलालाई फोनमै गाली गरेको रेकर्ड केन्द्रसम्म पुगेको हो । आजको नयाँ पत्रिका बाट ।