चाकडी र घुसको रकम पुर्‍याउन नसकेकाले उपप्रधान तथा स्वास्थ्यमन्त्रीलाई राजीनामा पत्र

काठमाडौं मङ्सिर ४ वीर अस्पताल, न्यूरो सर्जरी पहिलो युनिटका प्रमुख प्रा.डा. ध्रुवराज अधिकारीले राजीनामा दिएका छन् ।

 

अधिकारीले उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई सम्बोधन गर्दै मन्त्रालयमा राजीनामा पत्र बुझाएका हुन् । सोमबार बुझाइएको पत्रमा ‘चाकडी र घुसको रकम पुर्‍याउन नसकेकाले राजीनामा’ दिएको उल्लेख गरिएको छ ।अधिकारीका अनुसार वीर अस्पतालमा पद खाली रहेको र अन्य उम्मेदवार समेत छैन । तर, आफूलाई पूर्वाग्रहका साथ वीरको सट्टा अन्यत्र सरुवा गर्न खोजिएको छ ।

 

 

प्रा. डा. अधिकारीले अनलाइनखबरसँग भने, ‘म ६० लागिसके । अब ३र४ महिना मात्र बाँकी छ । यो बेला जनशक्ति र स्रोत साधन नै भएको ठाउँमा गएर मैले के गर्न सक्छु । आफूलाई दुःख दिने नियतले नै पोखरातिर सरुवा गर्न खोजेकाले चित्त दुखेको उनले बताए ।

 

 

राजीनामा पत्रमा चाकडी र घुस रकम पुर्‍याउन सकिन भन्नुभएको रहेछ, कसले कति मागे रकम रु भन्ने प्रश्नमा प्रा.डा. अधिकारीले भने विचौलियाहरु छन् । के कति सहयोग गर्न सक्नुहुन्छ भने ।

 

तर मैले उनीहरुको स्वास्ता गरिनँ । आफूले उपप्रधान तथा स्वास्थ्यमन्त्री यादवलाई चार पटक भेटेको सुनाउँदै अधिकारीले भने  उहाँ हुन्छ पनि हुन्न  हुन्न पनि भन्नु हुन्न । तपाईको त हुनु पर्ने हो । म आफैं आश्चर्यमा परेको छु कि अहिलेसम्म किन भएन मात्र भन्नु हुन्छ ।